Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Saturday, August 16, 2014

नेपाली कांग्रेसका युवा तथा बौद्धिक नेता बिश्व प्रकाश शर्मा कोरियामा

रमेश खावाजु ,दक्षिण कोरिया 
१६ अगस्त २०१४

आज दिउसो ३ बजे नेपाली कांग्रेसका प्रभावशाली युवा नेता तथा  बौद्धिक व्यक्तित्व विश्वप्रकाश शर्मा दक्षिण कोरिया आइपुगेका छन् l उहाँलाइ इन्छन विमानस्थलमा जनसम्पर्क समिति दक्षिण कोरियाका सभापति नवराज शिवाकोटी ,उपसभापति गिरिराज कुँवर ,निबर्तमान सभापति गङ्गा थापा श्रेष्ठ ,सल्लाहकार राजन श्रेष्ठ ,सहमहामन्त्री ,लगायत थेगु तथा बुसानका क्षेत्रीय पदाधिकारीहरुले खादा ओढाई स्वागत गरेका थिए l

युवा नेता शर्मा जनसम्पर्क समिति दक्षिण कोरियाद्वारा अगस्त १७ मा सउलको जुङगु युथ ट्रेनीङ सेन्टरमा आयोजना गर्न लागेको देशको जल्दो बल्दो बिषयको बृहत अन्तरक्रिया  कार्यक्रम   "आजको नेपाल र अबको नेपाल " मा सहभागी हुन् दक्षिण कोरिया आउनुभएको  जनसम्पर्क समितिका सभापति नवराज शिवाकोटीले बताए l सभापति शिवाकोटीले अगस्त १७ मा हुन् लागेको बृहत अन्तरक्रिया कार्यक्रममा सहभागी हुन् विभिन्न संस्थाहरु तथा कोरियाबासि नेपालीहरुमा अनुरोध गर्नु भएको छ l

कार्यक्रमको बारे बिस्तृत जानकारी 
 कार्यक्रम : " आजको नेपाल र अबको नेपाल " अन्तरक्रिया कार्यक्रम
आयोजक : जनसम्पर्क समिति ,दक्षिण कोरिया
मिति : आइतबार १७ अगस्त २०१४
समय : दिउसो १२ बजे
 स्थान : जुङगु युथ ट्रेनीङ सेन्टर ,याक्सु
( जाने तरिका : ट्रेन लाइन ३ र ६ याक्सु  गेट नं ५ बाट ५ मिनेट अगाडी )












No comments:

Post a Comment