Monday, August 11, 2014

कोरियामा म्याग्दी समाज समितिले तिज बिशेष कार्यक्रम गर्ने

सुमित सुवेदी ,दक्षिण कोरिया 
म्याग्दी समाज समिति दक्षिण कोरियाले महिलाको महान पर्व तिजको अवसरमा विषेश कार्यक्रम गर्ने भएको छ । आगामी सेक्टेम्बरको ८ तारिक अर्थात भर्दौं २३ गते गरिने कार्यक्रम कोरियामा रहेका म्याग्देलीका साथै नेपालीलाई सहभागिता बनाउने योजना रहेको समितिका अध्यक्ष मुक्ति केसीले बताए ।

‘शुभकामना आदानप्रदानसँगै रोजगारको क्रममा देखिएका समस्यालाई समेत बुझ्न सहज हुनेछ’ केसीले भने । सोही अवसरमा संस्थाका विभिन्न योजना तथा हालसम्म गरिएका कार्यक्रमका बारेमा समेत सहभागिलाई जानकारी गराइने समितिले जनाएको छ ।

यसैविच कोरियालीको प्रमुख चाँड छुसकको समेत परेकाले कोरियाली नागरिकलाई समेत शुभकामना सन्देश दिईने समितिका उपाध्यक्ष लोकबहादुर बानियाँ‘आलोक’ले जानकारी दिए । ‘दुईदेशका नागरिक विचको सम्बन्धलाई बलियो बनाउन समेत कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने छ’ बानियाँले भने । समितिमार्फत म्याग्दी अस्पतालमा आकस्मिक अक्षयकोषका साथै शिक्षा,स्वास्थ्य लगाएत समाजिक कार्यमा सहयोग हुदैंआइरहेको छ ।

No comments:

Post a Comment