Wednesday, August 13, 2014

नेवा पुच कोरियाले अध्यक्ष गुरुजु डा. नबिन बज्राचार्यको सम्मान तथा बिदाइ गर्ने

रमेश खावाजु ,दक्षिण कोरिया
नेवा पुचः दक्षिण कोरियाले  अगस्त १७ तारिक आइतबारका दिन सउलमा  अध्यक्ष गुरुजु  डा.नबिन बज्राचार्य तथा खेलाडी अनिश महर्जनको सम्मान तथा बिदाइ कार्यक्रम गर्ने भएको छ l नेवा पुचःले  सम्मान तथा बिदाइ कार्यक्रम  सउलको दोङदेमुनस्थित कुमारी भान्छा घरमा दिउसो २ बजे गर्न लागेका हुन् l

दक्षिण कोरियामा सन् २००६ देखि  नेवा पुचःको नेतृत्व गर्दै कोरियनहरु माझ बुद्ध नेपालमा जन्मेको तथ्यलाइ  प्रचार प्रसार तथा नेपाली तथा नेवारी  कला संस्कृतिको संरक्षण गर्न योगदान गरे बापत गुरुजु डा.नबिन बज्राचार्यलाइ सम्मान गर्न लागेको नेवा पुचःका सचिब सन्ध्या बुद्धाचार्यले नमस्ते नेपाल कोरिया डट कमलाइ बताइन l सन् २००२ मा  छात्रवृति मार्फत बौद्ध धर्मको अध्ययन गर्न दक्षिण कोरियामा प्रवेश गरेका गुरुजु  डा.नबिन बज्राचार्यले हालै मात्र कोरियामा बौद्ध धर्ममा बिध्याबारिधि गरेका थिए l उहाँ दक्षिण कोरियामा बौद्ध धर्म सम्बन्धि बिध्याबारिधि गर्ने पहिलो नेपाली हुनु भएको छ l नेवा पुचःका अध्यक्ष डा.नबिन बज्राचार्य आउदो अगस्त २२ तारिक सुक्रबारका दिन नेपाल फर्कन लागेको हुन् l

त्यस्तै  नेवा पुचले दक्षिण कोरियामा भएको बिश्व तेक्वान्दो कल्चरल फेस्टिभलमा नेपालका लागि रजत पदक दिलाउने अनिष महर्जनलाइ पनि सम्मान गर्न लागेका हुन् l अनिष महर्जनले कोरियाको मुगु सिटिमा गत जुलाई ४ देखि ९ सम्म भएको उक्त फेस्टिभलमा २ वटा रजत पदक जितेका थिए
 l
आउदो अगस्त १७ तारिकमा हुने सम्मान तथा बिदाइ कार्यक्रममा सहभागी भईदिनु हुन् नेवा पुचका उपाध्यक्ष रमेश श्रेष्ठले   कोरियामा रहेका नेवारी दाजुभाइ ,दिदीबहिनीहरु तथा कोरियाबासि नेपालीहरुमा अनुरोध गर्नु भएको छ l

कार्यक्रमको बारेमा बिस्तृत जानकारी
कार्यक्रम : सम्मन तथा बिदाइ कार्यक्रम
आयोजक : नेवा पुच ,दक्षिण कोरिया
स्थान : कुमारी भान्छा घर ,दोङदेमुन , कोरिया
मिति : आइतबार १७ अगस्त २०१४ 
समय : दिउसो २ बजे  :

No comments:

Post a Comment