Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Sunday, August 17, 2014

कोरियामा " आजको नेपाल र अबको नेपाल " अन्तरक्रिया कार्यक्रम भब्य रुपमा सम्पन्न

नमस्ते नेपाल कोरिया सम्वाददाता 
दक्षिण कोरियामा नेपाली कांग्रेसका युवा नेता विश्व प्रकाश शर्माको प्रमुख आतिथ्यमा  नेपाल जनसम्पर्क समिति कोरियाद्वारा आयोजित" आजको नेपाल र अबको नेपाल " बृहत अन्तरक्रिया कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ l

  कोरियाको राजधानी सउलको याक्सुमा आयोजित  अन्तरक्रिया कार्यक्रममा मन्तब्यको क्रममा  नेता बिश्व प्रकाश शर्माले एकल जातीय पहिचान कुनै हालतमा स्वीकार नहुने त्यसैले  नेपालका सबै जात जातीको स्वामित्व हुने गरी संविधान निर्माण गरिनु पर्ने बताए l “ हिमाल पहाड तराईलाई मिलाएर संघियता मा जानुपर्छ , पार्टीहरुले एक अर्कालाई गाली गर्न छाडेर नेपालमा संविधान निर्माणका लागि सबै पार्टी मिल्नुको विकल्प नभएको बताए  ।  शर्माले अबको आवश्यकता आर्थिक क्रान्ति भएको बताए l

दक्षिण कोरियामा मजबुत मानिने जनसम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा पार्टी समर्थक तथा शुभेच्छुकको बाक्लो उपस्थिती विच शर्माले सरकारले रेमिटयान्स मात्र नहेरी विदेशमा थुप्रिएका लाशहरुमा पनि ध्यान दिनुपर्ने बताए । वर्तमान नेपालको बारेमा उनले दिएका प्रष्ट विचारले प्रवासमा रहेका नेपालीहरुले नेपालका पछिल्लो राजनितिक अवस्थाको बारेमा बुझ्ने अवसर पाएका छन ।

कार्यक्रमको सभापतित्व गरेका नेपाली जनसम्पर्क समिति कोरियाका सभापति नवराज सिवाकोटीले अन्तरक्रिया मार्फत उठेका दक्षिण कोरियाका मजदुर , महिला लगायत नेपालीका समग्र समस्याहरु नेपाल सरकार र पार्टीसम्म पुरयाएर समाधानको लागि प्रमुख अथिति शर्माले घचघचाउन पुलको काम गर्नुपर्ने बताउनुभयो । उनले जाती र पार्टीको पक्षमा लागेर अभिभावकत्व निर्वाह गर्नुपर्ने कोरियाका लागि नेपाली राजदुत कमानसिंह लामा कार्यक्रममा उपस्थित नहुनुभएकोमा चित्त नबुझेको बताए ।
कार्यक्रममा नेपाली दुतावासका उपनियोग प्रमुख राजाराम बतौंला सहित जनसम्पर्क समितिका पदाधिकारी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment