Thursday, August 14, 2014

कोरियामा २० औं आदिवासी दिवस सम्पन्न ( फोटो फिचर सहित )

नमस्ते नेपाल कोरिया संवाददाता 
नेपाल आदिवासी जनजाति महासंघ कोरियाले अगस्त १० तारिक आइतबार सउलमा भब्य कार्यक्रम गरी २० औ विश्व आदिवासी दिवस मनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि राजदूत कमानसिंह लामाले पहिचान सहितको संघीयता आएर मात्रै आदिवासी जनजातिको अधिकार स्थापित नहुने जनाउदै उत्पीडीतिलाई सम्बोधन गर्ने सम्बैधानिक व्यस्था हुन आवश्यक रहेको बताउनुभयो । साथै आदिवासी जनजातिहरु पनि आफ्नो मुद्धाप्रति स्पष्ट हुनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका तथा संघसस्थाका प्रतिनिधीहरुले पनि आदिवासी जनजातिको सवालबारे बोलेका थिए । कोरियामा लामो समयदेखि आदिवासी जनजातिको मुद्धालाई उठाउन सक्रिय पत्रकार देवेन्द्र साम्बाहाम्फे र सुरज गुरुङलाई 'हिरो अफ द इयर' सम्मानबाट सम्मानित गरियो । कार्यक्रममा थकाली, राई, गुरुङ, लिम्बू , नेवार, तामाङ, मगर, छन्त्याल लगायत विभिन्न जातिय मौलिक पहिरणको सामूहिक प्रर्दशनी समेत गरिएको थियो ।

कार्यक्रममा नेपाली सम्पर्क समितिका अध्यक्ष लोचन राई, एनआरएन आयसिसी सदस्य केपी सिटौला ,नेपाली सम्पर्क समितिका अध्यक्ष नवराज सिवाकोटी , प्रवाशी नेपाली मञ्चका अध्यक्ष गोविन्द गाउले, लिम्बुवान राज्य परिषदका प्रकाश लिङदेन ,नेपाली जनअधिकार मञ्चका अध्यक्ष सागर न्यौपाने, संघीय समाजवादी पार्टी कोरियाका प्रतिनिधी दिपेन राई , पत्रकार महासंघका अध्यक्ष अशोक मैनाली र ओमेन फर ओमेनकी अध्यक्ष जुनु गुरुङ लगायतले बोल्नुभएको थियो ।

महासंघका अध्यक्ष भक्त शेरचनको अध्यक्षतामा भएको सो कार्यक्रममा  उपस्थित समुदायलाई स्वागत मन्तब्य उपाध्यक्ष चित्र मोक्तानले गरेका थिए | औपचारिक कार्यक्रम सकिएपछि नेपाली कथानक चलचित्र कवडी प्रर्दशन गरिएको थियो ।

No comments:

Post a Comment