Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, August 18, 2014

कोरियामा नेपाली बिद्यार्थीहरुको ११औ साधारणसभा सम्पन्न, सभापतिमा बिमल सुबेदी

रमेश खावाजु ,दक्षिण कोरिया 
दक्षिण कोरियामा रहेका नेपाली बिद्यार्थीहरुको संगठन सोसाइटी अफ नेप्लीज स्टुडेन्ट इन कोरिया (SONSIK) को ११औ साधारणसभा अगष्ट १६-१७ मा खान्गवोन्दो प्रान्तको साम्चक सहर स्थित खान्गवोन बिश्वबिधालयमा सम्पन्न भएको छ | साधारणसभाबाट बिमल सुबेदीको नेतृत्वमा नया कार्यकारी समितिको गठन भएको छㅣ

सभापति पदमा सहमति हुन नसकेपछि भएको निर्वाचनमा सुबेदीले आफ्ना प्रत्यासी रमाकान्त लामिछानेलाई भारी मतान्तरले पराजित गरेका थिए । अन्य पदहरुमा भने सहमतिका आधारमा  पदाधिकारीहरु चयन भएका छन् ।उप- सभापतिमा बिमल सिङ बिस्ट, काशी राज भट्टराई, अनुप श्रेष्ठ, धर्म राज गौतम छानिएका छन् । त्यस्तै सचिवमा विजय बस्नेत र सहसचिवमा सौरव घिमीरे तथा  कोषाध्यक्षमा तुलसी पौडेल रहेका छन् । सदस्यहरुमा प्रविन भट्टराई, बिबेक चौधरी, श्रवण रोय, शिव पाठक, गोपाल बहादुर बोहरा रहेका छन् । नव निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन प्रमुख एवं सोनसिकका संस्थापक सदस्य  डा. भुषण श्रेष्ठले सपथग्रहण गराएका थिए ।
दक्षिण कोरियाका लागि नेपाली राजदुतवासका उपनियोग प्रमुख राजाराम बर्तौलाको प्रमुख आथित्यमा सम्पन्न भएको उक्त कार्यक्रममा कोरियाको शिक्षा मन्त्रालयका अन्तरास्ट्रिय शिक्षा तथा  छात्रवृति  केन्द्र(NIIED)का प्रमुख पार्क हो नाम, सोनसिकका संस्थापक सदस्य  डा. देबि बहादुर बस्नेत तथा डा. भुषण श्रेष्ठ, सोनसिकका पुर्व सभापति प्रकाश धमला, आस्था बिन्दु मल्ल, एन.आर.एन. कोरियाका ICC प्रतिनिधि केपी सिटौला, सोनसिक सल्लाकार डा. ज्ञानेन्द्रप्रसाद जोशी, डा. माधव न्यौपाने, डा. अनुपमा श्रेष्ठ लगाएत कोरियामा अध्यनरत विभिन्न क्षेत्रका १२० जना नेपाली बिधार्थीको उपस्थित रहेको थियोㅣ
सोनसिकका निबर्तमान सभापति तारामान कडायतको सभापतित्वमा सम्पन्न कार्यक्रममा वर्षभरि गरिएका गतिबिधि तथा भाबी कार्ययोजना बारे छलफल गर्नुको साथै सोनसिक बिधानको तेश्रो संसोधन परिमार्जनका साथ  पारित गरिएको थियो! नव निर्वाचित सभापति सुबेदीले आफु सोनसिकलाई नबिन उर्जाको संचार गर्दै नयाँ उचाई प्रदान गर्न प्रतिबद्ध रहेको भनाइ राख्दै सम्पूर्ण सबै संग सहयोग र सद्भावका लागि अनुरोध गरेका थिएㅣ

को हुन् त बिमल सुबेदी ?

२७ बर्ष अघि पोखरामा जन्मेका वर्तमान सोनसिकका सभापति बिमल सुवेदी सन् २००८ मा अध्ययनको अन्तराष्ट्रिय  रेडक्रस महासंघको छात्रवृत्तिमा दक्षिण कोरियामा प्रवेश गरेका थिए l दक्षिण कोरियामा रहेका नेपाली बिद्यार्थीहरुको संगठन सोसाइटी अफ नेप्लीज स्टुडेन्ट इन कोरिया (SONSIK) को ११औ साधारणसभा बाट भारी मतले सभापति पदमा निर्वाचित उनि यस अघि ८औ कार्यसमितिमा सदस्य र ९ औ कार्यसमितिमा सचिब रहेर कार्यसम्पादन गरेको अनुभव छ l ९ औ कार्यसमितिमा  सस्थालाई समालेर विभिन्न कार्यक्रमको सफल अयोजना तथा निरन्तरताका  साथ सोनसिक इतिहासमै सर्बाधिक बिधार्थीको सहभागितामा १० औ अधिबेशन गराएको अनुभव पनि उनि संग छ l
 कोरियाको Hanseo University बाट Aeronautical Engineeringमा स्नातक गरि  हाल सउल स्थित Korea Aerospace University मा Aerospace Engineering मा स्नाकोत्तरमा  अध्यनरत उनि संग Hanseo University International Student Association को सभापतिको रुपमा काम गरिसकेको अनुभव पनि छ l उनि हाल अहिले सउल महानगर पालिकाको आप्रबासी सम्बन्धि नीति नियम तर्जुमा समिति Quality of Life Mentors  भन्ने कार्यक्रमको Mentor पदमा कार्यरत हुनु का  साथै तथा NRNA कोरिया को प्रबक्ता पनि हुन् l

No comments:

Post a Comment