Tuesday, July 1, 2014

चौथों बाग्लुङ्ग भलिबल प्रतियोगिताको टाईसिट प्रकाशित

यम श्रीस मगर ,दक्षिण कोरिया  
 बाग्लुङ्ग सम्पर्क समिति गणतन्त्र कोरियाले हरेक बर्ष  आयोजना गर्दै आईरहेको भलिबल प्रतियोगिताको चौंथो श्रृङ्गखला यहि आउदो २०१४ जुलाई ६ तारिख सधै खेल आयोजना हुने हल माङ्गवल्सामा भब्यरुपमा सम्पन्न गर्न गइरहेकोछ। भलिबल  प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी खेलकुद संयोजक छानु चन्दले बताएका छन्। यहि जुन २९ तारिख प्रतियोगि टिमहरुको रोहबरमा चौथो बाग्लुङ्ग भलिबल टुर्नामेन्टको टाई सिट प्रकाशन गरिएकोछ। जसमा १५ टिमको सहभागिता भएकोछ। पहिलो ब् पोल बाट पर्बत प्रवाशी समाज र युनिक भिजन ग्रुप, शुदूर पश्चिम समाज र स्याङ्गजा परिवार, बाग्लुङ्ग स्पोट्र्स र गुल्मी सम्पर्क समिति त्यसै गरि नेपाल मगर संघ र चितवन सम्पर्क समितिले प्रतिष्पर्धा गर्दै छन् त्यसै गरि दोश्रो पोल द्य बाट सिहङ्ग सि फ्रेन्ड्स सर्कल र खोटाङ सेवा समाज,म्याग्दी समाज समिति र बाग्लुङ्ग सम्पर्क समिति , तनहु“ सम्पर्क समिति र कास्की परिवार साथै स्याङ्गजा एस.एम. टि ले बाई का साथ प्रतिष्पर्धा गर्दैछन्। 

सबै टिमको प्रनिधिनिहरुको रोहवरमा खेललाई अनुशासित,ब्यवस्थित र समयमै सम्पन्न गर्नको लागि केहि बुदाहरुमा सहमति भएकोछ। १.पहिलो खेल बिहान १० बजे बाट शुरु हुनेछ। पहिलो र दोश्रो खेल हुने टिमलाई १५ मिनेट सम्म उपस्थित हुने समय दिईनेछ। सो अवधिमा उपस्थित नहुने टिम स्वत नकआउट हुनेछ। तेश्रो खेल देखि उपस्थित हुने समय ५ मिनेट मात्र दिईनेछ। २.पहिलो राउण्डका सबै खेलहरु २५।२५।१५नं. मा खेलाईने छ भने दोश्रो चरण देखिका सबै खेलहरु २५।२५।२५ मा खेलाईनेछ।
 खेललाई ब्यवस्थित  गर्नको लागि गत २ खेलमा समेत निर्णायक मण्डलमा रहेका खेलकुद ब्यस्थापन समितिका संयोजक मुक्ति के.सी, तुल ब. पुन,होबिर थापा मगर, क्षेत्र गुरुङ्ग र छानु चन्द लाई सर्बसम्मत निरन्तरता दिइएकोछ। खेलमा कुनै बिबाद आएमा निर्णायक मण्डल र आयोजकको सहमतिमा निर्णय गरिनेछ। र रेफ्रिको ब्यवस्था आयोजकले गर्नेछ।
प्रतियोगितालाई भब्य रुपमा सम्पन्न गर्नको लागि कोरियाका क्रियाशिल  सबै संघ संस्थाका प्रमुख लगायत पदाधिकारीहरु, ब्यवसायी  तथा सम्पुर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई  समितिका अध्यक्ष तारा के.सी ले औपचारिक रुपमा निमन्त्रणा गर्नु भएकोछ। दिगो समाज सेवा र संस्थागत बिकास गर्नको लागि सबै महानुभावहरुले १।१ प्रति चिठ्ठा काटेर सहयोग गरिदिनु हुनको लागि पनि अनुरोध गर्नु भएकोछ।

No comments:

Post a Comment