Thursday, July 24, 2014

तामाङ संघले उपाध्यक्ष सागर तामाङलाई सम्मान तथा विदाई गर्यो

विकास मोक्तान सउल कोरिया,
तामाङ सघं   कोरियाको बरिष्ठ उपाध्यक्ष सागर तामाङलाई तामाङ सघं कोरियाले जुलाई २० तारिख आईतवार नेपाल हाउसमा सम्मान तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ ।

फोनिजकोरियाले आयोजना गरेको अधिबेशनसगै आयोजना गरेकोकार्यक्रममा कोरियाको लागी नेपालीराजदुत कमान सिङ लामा को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । प्रमुख अतिथिवाट खादा र सम्मान प्रत्र हस्तान्तरण गर्नुभएपछि तामाङ संघ कोरियाका अध्यक्ष बिर्खा तामाङ,आदिवासी जनजाती महासघं अध्यक्ष भक्त शेरचन, नेपाली सम्पर्क समितिका अध्यक्ष लोचन राई, एन आर एन कोरियाको भुपु अध्यक्ष केपि सिटौला, वमन फर वमर का उपाध्यक्ष मल्लिका थकाली ,फोनिज कोरियाको संयोजक मन्जु गुरूङ, ब्रो तमु, यम श्रीस लगायत अन्य अतिथिहरूले खादा अोडाईसम्मान तथा बिदाई गर्नु भएको  थियो ।

तामाङ रोजगरिको सिलसिलामा ईपिएस भिषा मार्फत  दक्षिण कोरिया आई तामाङ सघंमा आबद्द भई  दुई कार्यकाल सस्थाको उपाध्यक्षको जिम्मेवारी सम्हाली अग्रणी भुमिका निभाई सस्थालाई अगाडि बढाउनु भएको थियो ।

संघले यसरी सम्मान तथा विदाई गर्दा खुसी लागेको बताउदै नेपालमा गएर सम्पुर्ण तामाङरुलाई एकरुपता बनाउने मास्टर प्लान समेत बताउनु भएको थियो ।

सम्मान तथा विदाई   कार्यक्रम पछि संघले शुभेच्क्षा रेष्टुरेण्टमा विदाई पार्टिको ब्यवस्था समेत गरेको थियो 

No comments:

Post a Comment