Monday, July 14, 2014

कोरियामा आएको अण्डर १६ को नेपाली फुटबल टिम लाई सम्मान गरिने ।

विष्णु न्यौपाने (सउल)
 नेपाली सम्पर्क समितिको आयोजनामा यहि आउदो आईतबार अर्थात, जुलाई २० तारिक का दिन कोरियामा आएको अण्डर १६ को फुटबल टिम लाई एन.सि.सि.लगायत कोरियामा रहेका सक्रिय अन्य संघ सस्थाहरू बाट  सम्मान गरिने भएको छ ।

 सउल स्थित नेपाल हाउस मा गरिने सो सम्मान कार्यक्रम खेल जगत लाई अघाडि बढाउन र खेलाडिहरू लाई हौसला प्रदान गर्न सम्मान गर्न लागेको  एन.सि.सि का सचिब चेतबहादुर बस्नेतले बताउनु भयो । कार्यक्रम दिउसो १ बजे बाट सुरू हुने भएको छ । मैत्रिपुर्ण खेल खेल्न कोरियामा आएको नेपाली टोली आउदो सेप्टेम्बर मा अन्य खेलहरू खेल्न बैङ्ककमा जाने  टिम म्यानेजर दिनेश ब्यन्जनकार ले जानकारी दिनु भयो ।

No comments:

Post a Comment