Wednesday, July 30, 2014

पत्रकार निर्मल थपलियालाई बुसान हिउन्देबाट अगस्त १ मा विदाई गरिने

नमस्ते नेपाल कोरिया संवाददाता 
दक्षिण कोरियामा पत्रकारिता तथा सामाजिक सेवामा सक्रिय पत्रकार निर्मल थपलियालाई परदेशी लाईफले विदाई गर्ने भएको छ । यही २०१४ अगस्त १ तारिख बुसानको हिउन्दे विचमा एक कार्यक्रम विच थपलियाको विदाई गर्न लागिएको हो ।

कोरियाको बसाईमा नेपाल पत्रकार महासंघका सल्लाहकार, परदेशी लाईफ डट कमका विशेष प्रतिनिधि अनि एन आर एन कोरिया लगायत संघ संस्थासंग आवद्ध भई सामाजिक सेवामा सक्रिय उनको विदाई कार्यक्रममा उपस्थित हुन आयोजकले कोरियामा रहेका नेपालीलाई आग्रह गरेको छ ।
साथमा हरेक वर्ष झै अगस्त १ गते हिउन्दे विचमा हुने विषेष उत्सवको मनोरन्जन लिने तथा समुद्री तटमा सामुहिक घुमघाम समेत गरिने भएको छ ।
कार्यक्रम २०१४ अगस्त १ तारिख
स्थान ः हिउन्दे विच
समय ः साझ ४ बजे
सम्पर्क ०१० ६४५३ ३०५०
०१० ६४४७ २१५७

No comments:

Post a Comment