Monday, July 28, 2014

कोरियामा भूपाल स्मृति कपको टाइशिट तयार,१८ टिम प्रतिस्पर्धा गर्दै

नमस्ते नेपाल कोरिया संवाददाता 
"खेलकुद तथा रचनात्मक कार्यले ल्याउछ एकता,हरेक संघ संस्था संग हातेमालो गर्ने हाम्रो प्रतिबद्धता"भन्ने मुल नाराका साथ आउदो अगस्त ३ तारिक नेपाल मगर संघ दक्षिण कोरिया द्वारा आयोजना हुन गइरहेको स्व.भुपाल स्मृति कप भलिबल प्रतियोगिताको टाइशिट प्रकाशित भएको छ।

गत आइतवार सउल दोङदेमुन स्थित शुभेच्छा रेष्टुरेन्टमा आयोजक मगर संघ,संस्थाका प्रतिनिधि तथा खेलाडीहरूको उपस्थितिमा गोला प्रथा प्रणाली द्वारा सो टाइशिट तयार गरिएको थियो।कोरियामा  एेतिहासिक १८ टिमले भाग लिदै गरेको पहिलो भलिबल प्रतियोगितामा पोल 'ए'बाट १० टिमले र पोल 'बी'बाट ८ टिमले आफ्नो खेल कौशल मार्फत कपको लागि प्रतिस्पर्धा गर्ने संघका सचिव तथा कुशल भलिबल खेलाडी अर्जुन थापा मगरले जानकारी दिनुभएको छ।बेस्ट अफ थ्री प्रणाली अनुसार खेलाइने खेलमा प्रमुख अम्पायरको भूमिकामा चर्चित खेलाडी तथा कुशल अम्पायर अमित राना मगर रहनुहुने अन्य अम्पायरमा अर्जुन थापा मगर,गणेश घमाल,लोकेन्द्र भट्ट लगायतले आफ्नो भूमिका निभाउने सचिव थापाले जानकारी दिनुभएको छ।
धेरै टिमको सहभागिताको कारणले खेल समयमा नै सकाउन पहिलो खेल बिहान ९ बजे बाट शुरु हुने हुनाले सम्बन्धित टिमहरु बिहान ठिक ९ बजे भलिबल मैदानमा उपस्थित भइदिन खेलकुद संयोजक तथा प्रतियोगिता ब्यबस्थापक होबीर थापा मगरले आग्रह गर्नुभएको छ।समयको पावन्दीले खेलको नियम समयलाई इमान्दारिताका साथ पालन गरिदिनुहुन प्रमुख अम्पायर अमित राना मगरले पनि आग्रह गर्नुभएको छ।त्यसै गरी उपस्थित अतिथि खेलाडी शुभेच्छकहरुको सेवाको लागि रोटी,अचार,मासु,पेय पदार्थको पनि  ब्यबस्था गरिएको खाजा खाना ब्यबस्थान प्रमुख नबिन काला मगरले बताउनु भएको छ।संघ द्वारा सेप्टेम्बर ७ तारिकमा आयोजना हुन गइरहेको"नेपथ्य लाइभ कन्सर्ट इन कोरिया साथमा लिटल डान्स क्वीन तेरिया"कार्यक्रमको प्रचार प्रसार ब्यानर पनि प्रदर्शनी गरिने हुनाले सम्पूर्ण मगर तथा नेपाली महानुभावहरुलाइ प्रतियोगितामा उपस्थित भइदिन अध्यक्ष पुरन राना मगरले हार्दिक आग्रह गर्नुभएको छ।

No comments:

Post a Comment