Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, July 1, 2014

कोरियामा भानु जयन्तीको तयारी

नमस्ते नेपाल कोरिया संवाददाता 
आदिकवि भानुभक्त आचार्यको २ सयौ जन्म जयन्ती मनाउन गठित समारोह समितिले आगामी अषाढ २९ गते अर्थात जुलाई १३ तारिख दक्षिण कोरियामा भब्यरुपमा मनाउने तयारी पुरा भएको जनाएको छ ।

अषाढ १५ गते बसेको समितिको बैठकले भानु जयन्ती समारोहमा प्रस्तुत गरिने कविता , गजल र मुक्तक जस्ता साहित्य सिर्जनालाई संकलन गरी “भानुजयन्तीको अवसरमा संकलित साहित्य सृजना” नामक पुस्तिका अग्रिमरुपमा प्रकाशन गरिने निर्णय गरेको छ । सो पुस्तिकालाई नेपाल कोरिया कल्चर सेन्टरका संस्थापक सल्लाहाकार कोरियन कवि किम ह्योङ ह्योद्वारा प्रायोजित गरिने समितिले जनाएको छ ।


नेपाल सरकारबाट आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी मूल समारोह समिति गठन गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा भानुजयन्ती मनाउन सरकारबाट आह्वान भएअनुसार कोरियामा पनि सोही बमोजिम कार्यक्रम गर्न लागिएको समितिले जानाएको छ । कोरियामा पहिलो पटक मनाउन लागेको भानुजयन्ती समारोहमा सम्पूर्ण साहित्यकर्मी, साहित्य प्रेमी, वुद्धीजिवी, पत्रकार, विद्यार्थी, व्यवसायी लगायत सम्पूर्ण संघसंस्थाका पदाधिकारीहरुलाई औपचारिक पत्र नपाउनु भए पनि यसैलाई निम्तो मानि उपस्थिती जनाइदिनुहुन समितिले आग्रह गरेको छ । सउल स्थित नेपाल राजदूताबासको हलमा गरिने समारोहमा सम्भव भएसम्म पुरुषले दौरा सुरुवार टोपी र महिलाले साडी चोलो नत्र पुरुषलेढाका टोपी मात्रै भए पनि लगाएर उपस्थित भइ आप्mनो भाषा र संस्कृतिको सम्मान गरिदिनुहुन समितिको अनुरोध छ ।

केहि संचार मध्यममा प्रकाशित  भानु  जयन्ती मनाउन एक लाख बजेट भन्ने भनाइप्रती समिती गम्भिर आपती जनाउदै कुनैपनी बजेट नरहेको जानकारी गराएको छ  ।

No comments:

Post a Comment