Tuesday, July 29, 2014

कोरियामा थेजिकमको नयाँ नियमको बिरोधमा प्रवासी मजदुरको र्याली सम्पन्न

रोशन राइ,सउल कोरिया
थेजिकम सम्बन्धी नयाँ नियम यही २०१४ जुलाई २९ तारिकदेखी लागुहुने कोरियन सरकारले जनाइरहेकै
 बेला कोरियामा प्रवासी मजदुर संघ(एमटीयु) र केसिटियु ले चर्को बिरोध गर्दै गत आईतबार बिरोध तथा र्याली कार्यक्रम गरेको छ ।कार्यक्रममा बिभिन्न राष्ट्रहरु,नेपाल भियतनाम ,श्रीलन्का,कम्बोडिया,म्यान्मार,मङगोल,उज्वेकिस्तान ,बङ्लादेश तथा अन्य  देशहरुका  सयौ श्रमिकहरु उपस्थित थिए ।

सउलको छोङगाकमा २ बजे कार्यक्रम सुरुभएको थियो । उक्त कार्यक्रमको स्वागत मन्तब्य एमटियुको का.अध्यक्ष उदय राईले दिनुभएको थियो भने अन्य राष्ट्रका प्रतिनिधि श्रमिकहरुले पनि मन्तब्य राखेका थिए । त्यस्तै कोरियन मजदुर महासँघ(केसिटियु) का वरीष्ठ उपाध्यक्ष छुवुङ ही ले संसारका बिभिन्न मुलुकबाट कोरिया आई श्रम गर्ने श्रमिकहरुको हक अधिकार कोरियन श्रमिकहरुको झै समान हुनुपर्छ र सरकारले त्यस्को  अनुभुती गराउनुसक्नु पर्छ भन्नु भयो । यसमा  " कसैलाई काखा,कसैलाई पाखा गर्नु नहुने भन्दै बिदेशी श्रमिकहरुले पाईरहेको केही सानो सुबिधाहरु पनि कटौती गरेर थेजीजिकम सम्बन्धी नयाँ नियमको खारेजी नगरेसम्म निरन्तर बिरोधका कार्यक्रम गरिरहने,"उहाले थप्नु भयो ।

श्रमिकहरुकै हित र पक्षको लागि एमटीयु र केसिटियु ले बिगतलामो समयदेखी यस्ता कार्यक्रमहरु गर्दै आईरहेको उदय राइले बताउनु भयो । त्यस्तै  थेजीकम सम्बन्धी नयाँ नियमको बिरोध स्वरुप एमटियु र केसिटियुले गत अङ्रेजी महिना जुन देखिनै दिनको १२ देखी १ बजेसम्म १ घण्टाको धर्ना दिदै आएको थियो भने,सकारात्मक फैसला चाडो होस् भन्ने हेतुले  जुलाई १३ देखी २७ तारिकसम्म कोरियाको सम्बैधानिक अदालत अगाडि धर्ना दिईदै आईएको थियो ।
उक्त बिरोध कार्यक्रम तथा र्याली छोङ्गाकबाट उल्जिरो हुँदै सउल  क्षेत्रिय रोजगार तथा श्रम बिभाग अगाडि पुगी ४:३० बजे कोणसभामा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment