Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, July 21, 2014

यु १६ को नेपली फुटबल टोलीलाई कोरियामा सम्मान

 विष्णु न्यौपाने - सउल ,कोरिया 
नेपाली सम्पर्क समितिको आयोजनामा र अन्य संघ सस्थाहरूको सहयोगमा अन्डर १६ को राष्ट्रिय फुटबल टोली लाई गत आईतबार सम्मान गरिएको छ ।

आउदो सेब्टेम्बरमा हुने च्यामप्यानसिप खेलको तयारी को लागी कोरिया आएको बिमल घर्ति मगर सहित को टोलीलाइ सम्मान गरिएको हो । कोरियाका लागि नेपाली राजदुत कमानसिंह लामा को प्रमुख अथितिमा र एन.सि.सि का अध्यक्ष लोचन राईको सभापतित्व मा सुरू भएको सो सम्मान कार्यक्रममा अथितिहरू NRN, Icc प्रतिनिधि के.पि सिटौला,जनजाति महासंघका अध्यक्ष भक्त शेरचन,फुटबल टिमका प्रशिक्षक वालगोपाल महर्जन, टिम म्यानेजर दिनेश ब्यन्जनकार, नेपाल तेकान्दो का अन्तराष्ट्रिय रेफ्रि राजु क्षेत्री, भुतपुर्व खेलाडि संघका अध्यक्ष रवि महर्जन रहनु भएको थियो ।सम्पुर्ण अथितिहरूले खेल जगतलाई अघाडि बढाउन सबै लाग्नु पर्नेमा जोड दिएका थिए । खेलाडि हरूलाई हौसला दिन, भौतिक सहयोग तर्फ, तमु ब्रो, र उहाँका साथिहरूको सहयोगमा दोसल्ला (सल) प्रदान गर्नु भएको थियो भने रवि महर्जन र उहाँका साथिहरू बाट खेलाडिहरू लाई स्पोर्ट सुज, प्रदान गर्नु भएको थियो । यसै गरी आर्थिक सहयोग तर्फ, सस्थाहरू बाट र ब्यक्तिगत तर्फबाट सहयोग पनि गरेका छन । सहयोग गर्ने ब्यक्ति तथा संघ सस्थाहरू :-
१- एन.सि.सि द. कोरिया ३१०,००० वन.
२- नेपाल मगर संघ ५१००० वन
 ३- नमस्ते पाल्पा परिवार ५१००० वन
४- खोटाङ सेवा समाज ५१००० वन
५-  म्याग्दि समाज ५१००० वन
 ६- रूपन्देहि समिति ५१००० वन
७- थकाली सेवा समाज ५१००० वन
८- ओमन फर ओमन ५१००० वन
९- आदिबासि जनजाति महासंघ ५१००० वन
१०- किरात राई आयोख्खा ५१००० वन
 ११- बाग्लुङ समिति ५१००० वन
१२- तमुधि द. कोरिया ६१००० वन
१३- के.पि सिटौला nrn icc १५१००० वन
१४- कास्कि परिवार ६०,००० वन
१५- कृष्णकुमार श्रेष्ठ (तनहु समिति) ५०,००० वन
१६- जन सम्पर्क समिति ५०,००० वन
१७- सुन्दर लिम्बु (पाँचथर)
 १८- नागार्जुन गुम्बा ५०,००० वन
१९- हिमालय फुटबल क्लब, पोहाङ सिटि द. कोरिया.२,३०००० वन
२०- किमे माईग्रेन्ट स्पोर्ट क्लब १००,००० वन
२१- रोहित गुरूङ झापा, ३०,००० वन
२२- सर्वन शाहि रूपन्देहि ३०,००० वन
२३- दुर्गा न्यौपाने रूपन्देहि ३०,००० वन
२४- विजय राणा रूपन्देहि २०,००० वन
२५- विशाल थापा २०,००० वन
खेलाडि हरूको उज्वल भविष्य र नेपाल लाइ खेलकुद क्षेत्रमा अघाडि बढाउन सबै अग्रसर हुने कुरा मा जोड दिदै नेपाली सम्पर्क समितिका अध्यक्ष लोचन राईले यो सम्मान कार्यक्रम मा आई आर्थिक, भौतिक र अन्य अरू बियमा हरपल सहयोग गर्ने संघ सस्थाहरू र ब्यक्तिहरू मा उहाँले नेपली सम्पर्क समितिको तर्फ बाट हार्दिक धन्यबाद ब्यक्त गर्नुभयो ।

No comments:

Post a Comment