Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, July 23, 2014

नेपाली जनसम्पर्क समिति कोरियाले उपसभापति क्षेत्री लाई सम्मान तथा बिदाई कार्यक्रम गर्ने

नमस्ते नेपाल कोरिया संवाददाता 
नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाले समितिका उपसभापति सुर्य क्षेत्री लाई बिदाई तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ |


यहि आउदो जुलाई ३० तारिक दक्षिण कोरिया को झन्डै ५ बर्से बसाई अबधि पुरा गरि  नेपाल फर्कन लग्नु भएका क्षेत्री समितिको उपसभापति तथा प्रेस बिभाग प्रमुख को जिम्बेवारी समेत सम्हाल्दै आउनु भएको छ साथै उहाले यस अघिको कार्यसमितिमा समेत संघठनमा अत्त्यन्त सक्रिय भई प्रेस लगायत संघठनले दिएको महत्वपुर्ण जिम्बेवारी सम्हाल्दै कोरियामा अन्य सामाजिक कार्य लगायत  आर्थिक भौतिक सहयोग  समेत गर्दै आउनुभएको छ  यसरि  उहाले यस संघठनमा आबद्ध भएर  गर्नु भएको काम र दिनुभएको योगदान लाई उच्च मुल्यांकन गर्दै यहि आउँदो २७ तारिक आइतबार को दिन सउल स्थित  दर्सन नमस्ते रेस्टुरेन्टमा दिउसो ठिक १२;०० बजे  सम्मान तथा बिदाई कार्यक्रम को आयोजना गरिएको हुँदा  उक्त कार्यक्रममा सहभागी भई सम्मान तथा बिदाई गर्नुहुन कार्यासमितिका साथीहरु लगायत सुभेच्छुक -सुभचिन्तक महानुभाब हरुलाई उपस्थितिको लागि आमन्त्रण गरिएको  जनसम्पर्क  समितिका सभापति  श्री नबराज शिवाकोटीले बताउनु भयो|

साथै उहाले जनसम्पर्क समितिले अगस्त १७ तारिक आयोजना गरेको नेपाली कांग्रेसक युवा नेता बिश्व प्रकाश शर्माको प्रमुख आतित्थ्यमा  "आजको नेपाल र अबको नेपाल " बिसयक अन्तरक्रिया कार्यक्रमको तयारी लगायतका बिसयमा समेत आबस्यक सर-सल्लाह गरि अगाडी बढ्नु पर्ने भएकोले सम्पूर्ण पदाधिकारी तथा केन्द्रिय समितिका साथिहरुलाई अनिवार्य उपस्थित हुन निर्देसन गरिएको  समेत  जानकारी दिनुभयो

No comments:

Post a Comment