Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, June 4, 2014

कोरियाबासी नेपालीहरुमा चितवन सम्पर्क समितिको अनुरोध

कमल प्रसाद अर्याल ,दक्षिण कोरिया 
आफ्नो मातृभूमिको न्यानो काख छोडेर यस प्रवास भूमिमा अनेक समस्याहरूको निकास खोज्दै संघर्षमा होमिएका हामी नेपाली सामुहिक र साझा भावना र सेवाको भाव कहिँ गएपनि घट्न पाउदैन l साथीलाई चोट लाग्दा देखेर रुने सहानूभूति पग्लने र शत्रुमाथि कडा हुने त हाम्रो स्वभाव नै हो l यही प्रवास भूमिमा अनेक समस्या भोग्न बाध्य बिपत्तिमा परेका साथीहरूको सहयोग गर्ने उद्देस्यले राहत कोष स्थापना गर्न लागिएको छ l काम छोडेर बसेका बेला भोग्नुपरेको अनेक समस्या मध्येको प्रमुख समस्या बसोवासको समाधान हेतु सरण लिनका निम्ति 'चितवन घर 'स्थापना भएको कुरा यहाँ रहने सम्पूर्ण नेपाली समुदायलाई अवगत नै छ l यसै क्रममा भाडा र अन्य खर्चमा बारम्बार सहयोगको अपिल गर्नुपरेको छ र सहयोग पुर्याउदै आउनुभएका सम्पूर्ण मीत्रहरूमा चितवन सम्पर्क समिति हार्दिक धन्यवाद ज्ञापन गर्दछ l यो हामी चितवनवासीको अभिभावक सस्था हो ,सम्पूर्ण नेपाली समुदायको दुख, पीडा र वेदनामा मातृत्व प्रदान गर्ने सस्था हो l यही चितवन घर संचालन तथा बिपत्ति राहतकोष स्थापनार्थ जुन १५ तारिकका दिन ऋतु ' नामक चलचित्र प्रदर्शन गरी केही समस्या समाधान गर्ने र हुने विस्वास गरिएको छ l दक्षिण कोरियामा क्रियाशील सम्पूर्ण संघ ,सस्था र पदाधिकारीहरु,बुद्दिजीवी ,पत्रकार,ब्यापारी, विध्यार्थी ,कर्मचारी कोरियाको नागरिकता लिएका नेपाल र नेपालीलाई सहयोग गर्न सदा तत्पर समुदाय र व्यक्ति त्यस्तै आफ्नो ममताले यस सस्थालाई संरक्षण प्रदान गर्दै आउनुभएका मजदुर मीत्रहरू तथा कुटनैतिक नियोग आफ्नो आफ्नो क्षमता अनुरुप सहयोग प्रदान गर्दै चलचित्र हेर्न आइदिनु हुन चितवन सम्पर्क समिति हार्दिक अनुरोध गर्दछ l

मिति -१५ जुन २०१४
समय -१२ बजे
स्थान -जुन्गु युथ ट्रेनिंग सेन्टर ,याक्सु
जाने तरिका -लाइन नं.३ याक्सु स्टेशन गेट नं५

No comments:

Post a Comment