मञ्जु गुरुङ ,दक्षिण कोरिया
आदिकवि भानुभक्त आचार्यको जन्म दिन अषाड २९ गते अथार्त जुलाई १३ तारिख दक्षिण कोरियामा पनि भव्य भानु जयन्ती मनाइने भएको छ ।
सो कार्यक्रमको लागि आइतबार जेठ १८ गते कोरियाको राजधानी सउलमा सम्पन्न बैठकले “आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी समिति” गठन गरेको छ ।
आदिकविको जन्म दिन दुई सय वर्ष पुगेको उपलक्ष्यमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्धारा गठित “आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी मूल समारोह समिति” अन्तरगत विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय समिति गठन गरी देश तथा विदेशमा भब्य भानुजयन्ती मनाउन लागेको छ । त्यसैले कोरियामा भानुजयन्ती मनाउन मन्त्रायलबाट मनोनित मञ्जु गुरुङको संयोजकत्वमा ११ सदसीय समिति गठन गरिएको छ । जसमा नेपाली साहित्य समाज दक्षिण कोेरियाका अध्यक्ष प्रविण राई र अन्तराषर््िट्रय नेपाली साहित्य समाज दक्षिण कोेरिया च्याप्टरका उपाध्यक्ष प्रमोद सारंग उपाध्यक्षमा , कोरियन कवि किम ह्योेङ ह्यो कोषाध्यक्ष र सदस्य सचिवमा सहित्यकर्मी निश्चल काउचा रहेका छन् । त्यस्तै सदस्यमा एनआरएन कोरियाका प्रवक्ता विमल सुवेदी, एनसिसिका उपाध्यक्ष केशब गौतम, महिलाका लागि महिलाका अध्यक्ष जुनु गुरुङ, पत्रकार पुष्पराज लामिछाने, साहित्यकर्मी विदूर शर्मा र गीतकार सिपी मगर रहेका छन् ।
कवी गोष्ठीको रुपमा गरिन लागेको सो कार्यक्रममा दक्षिण कोरियामा रहेका साहित्य अनुरागीहरुलाई आ आप्mनो सृजना समितिका पदाधिकारीहरुलाई उपलब्ध गराइदिन हुन आग्रह गरिएको छ । कोरिया स्थित नेपाल राजदूतवासको समुन्वयमा गरिने भानुजयन्ती कार्यक्रममा खुुला कविता वाचन गरिने भएकोले सर्जकहरु तथा सहभागीहरुले सम्भव भएसम्म नेपाली पहिरणमा उपस्थित हुन पनि समितिले आग्रह गरेको छ ।

No comments:
Post a Comment