Friday, June 27, 2014

जुन २९ मा वोमन फर वोमनले निशुल्क स्वास्थ्य शिबिर संचालन गर्ने

नमस्ते नेपाल कोरिया संवाददाता 
दक्षिण कोरियामा रहेका महिलाहरूको साझा संस्था वोमन फर वोमनले यही जुन २९ तारिक  आइतबारका दिन  निशुल्क स्वास्थ्य परिक्षण सेवा सञ्चालन गर्ने भएको छ ।

कोरियामा वोमन फर वोमनले बिगत साढें दुइ बर्ष देखि प्रत्येक महिनाको अन्तिम आइतबारका दिन निशुल्क स्वास्थ्य परिक्षण सेवाको कार्यक्रम गर्दै आएको छ l आउदो जुन २९ मा   दोङ्देमुनस्थित छोवन चर्चमा दिउसो ३ बजे देखि ६ बजे सम्म हुने स्वास्थ्य परिक्षण सेवामा कोरियन डाक्टरहरुले  सुगर ,प्रेसर ,डिप्रेशन , एलर्जी , लगाएत अन्य स्वास्थ्य सम्बन्धि सेवाहरु प्रदान गर्ने संस्थाकी अध्यक्ष जुनु गुरुङले  बताइन l अध्यक्ष गुरुङले उक्त स्वास्थ्य परिक्षणमा आफुलाइ लागेको रोगको उपचार तथा  सल्लाह लिनको लागि कार्यक्रममा उपस्थित भइदिनको कोरियाबासी नेपालीहरुमा अनुरोध गर्नु भएको छ l

बिस्तृत जानकारी 
स्थान:- छोवन चर्च , दोङ्देमुन ( शुभेक्क्षा मार्ट हुँदै २०० मिटर अगाडि)
प्रत्येक महिनाको अन्तिम आईतबार
समय :- दिनको ३:०० बजे देखी, साँझ ६:०० बजे सम्म,
सम्पर्क: जुनु गुरुङ (अध्यक्ष)०१०-९१४३-४५५७
मल्लिका थकली (उपाध्याक्ष) ०१०-२१३५-९५७६

धर्मराज श्रेष्ठ (पास्टर )०१०-४५९५-८३३७

No comments:

Post a Comment