Monday, May 19, 2014

कोरियाले नेपालका पाँच जिल्लामा रु ४६ करोड अनुदान दिने

कोरिया सरकारले मुलुकका पाँच जिल्लामा राष्ट्रिय स्वास्थ्य बिमा सहयोग परियोजना कार्यान्वयन गर्न रु ४६ करोड अनुदानस्वरुप उपलब्ध गराउने भएको छ ।
आगामी तीन वर्षका लागि उक्त मुलुकले प्राविधिक सहायतास्वरुप उपलब्ध गराएको सो रकम कैलाली, इलाम, बागलुङ, बाँके र सर्लाहीमा परियोजना सञ्चालनमा कार्यान्वन गरिने छ । पहिलो पटक उक्त परियोजना कैलाली जिल्लामा परीक्षणका रुपमा सञ्चालन गरिने छ ।
अनुदान सहयोगसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थसचिव युवराज भुसाल र नेपालका लागि कोरियाली राजदूत चो योङ जिनले हस्ताक्षर गरेका छन् ।
उक्त परियोजना स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यान्वयन गर्ने छ । परियोजना कार्यान्वयन भएपछि सर्वसाधारणको स्वास्थ्यमा सहज पहुँच पुग्नेछ ।
त्यस अवसरमा राजदूत चोले नेपालको स्वास्थ्य क्षेत्रको विकासमा परियोजना फलदायी हुने विश्वास व्यक्त गर्दै कैलालीमा सञ्चालन हुने कार्यक्रमबाट अन्य जिल्लामा कार्यसम्पादन गर्न सरल र सहज हुने बताए ।
अर्थसचिव भुसालले नेपालको सामाजिक–आर्थिक विकासमा कोरिया सरकारले निरन्तर रुपमा गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरेको छ ।
- काठमाडौँ टुडे 

No comments:

Post a Comment