Thursday, May 8, 2014

दक्षिण कोरियामा अबैधानिक बसेका नेपालीहरु फर्के अवसर,नफर्के कारवाही हुने

नमस्ते नेपाल कोरिया संवाददाता 
दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली(ईपिएस)बाट गएर अबैधानिक बसेका नेपाली कामदारहरु स्वदेश फर्के सरकारले विशेष अवसर दिने भएको छ ।
रोजगारको लागि आकर्षक मानिएको कोरिया गएर नफर्कने क्रम बढेपछि नेपालले अवसरको लोभ देखाएर फर्काउन पहल गरेको हो । दक्षिण कोरियाले म्याद सकिएका हरु नफर्के थप कामदार नलिने चेतावनी पत्र दिएपछि सरकारले यस्तो अवसर दिएर फकार्उने प्रयास गरेको हो ।
दक्षिण कोरियाबाट अवैंधानिक वसेकाहरु स्वदेश फर्कनेका लागि सरकारले उद्यमशिलता तालिम र सहुलियतमा रिन दिने स्किमलाउन लागेको खबर नागरीकमा छ ।
श्रम तथा रोजगार राज्य मन्त्री टेक बहादुर गुरुङको संयोजकत्वमा वैशाख १४ गते मन्त्रालय सम्पन्न बैठकले कोरियाबाट फर्कने अवैध कामदारलाई विशेष अवसर दिने निर्णय गरेको थियो । वैदेशिक रोजगारसम्बन्धी नीति निर्माणमा सुझाव दिने निर्देशक समिति बैठकले उद्यमशिलता तालिम , सहुलियत ऋणदेखि अन्य विभिन्न अवसर प्रदान गर्ने निर्णय गरेको ईपिएस दक्षिण कोरिया शाखा नेपालका प्रमुख डिल्ली बास्तोलाले जानकारी दिए ।
गैरकानुनी कामदार आगामी अगस्ट भित्र स्वदेश फर्के तिनको नाम गैर कानुनी कामदारको अभिलेखबाट हटाएर क्लिन चिट दिइने छ । भविष्यमा दक्षिण कोरिया लगायत अन्य मुलुक जान सिफारिस गर्ने , दक्षिण क ोरिया लगायत अन्य मुलुक जान सिफारिस गर्ने , दक्षिण कोरिया जान सिविटी र पिविटीमा सहभागी गराउने र गैरकाननू रुप्मा बसेबावत नेपाल र कोरियाको कानुन बमोजिम हुने दण्ड , जरिवाना मिनाहाको लागि सिफारिस गर्ने लगायतको अवसर सरकारले दिंदै छ । कोरियाले पहिलोपटक २००८ मा ईपिएस मार्फत कामदार लगेको थियो । २००८,२०१०,२०११,२०१३को ईपिएस दिएर २२ हजारभन्दा बढि नेपाली कोरिया पुगेका छन । कोरियाले ६ सय ९७ कामदार अवैधानिक भएको जानकारी गराएको छ ।

ईपिएस शाखा प्रमुख बास्तोलाका अनुसार अवैंध रुपमा बस्नेको संख्या विस्तारै बढेको भन्दै कोरियाले समयमै व्यवस्थापना नभए आगामी दिनमा नेपाली लैजान नसकिने चेतावनी दिएको हो । त्यसपछि नेपाल सरकारले तिनलाई स्वदेश फर्काउन अवसरको योजना ल्याएको हो  । “राम्रो अवसर हुदाहुदै पनि अवैध रुप्मा बस्ने बढिरहेका छन । यसले भविष्यमा अन्य नेपालीलाई असर गर्छ । त्यसैले सरकारी स्तरबाटै पहल भएको हो ” उनले भने । सरकारले तोकिएको समयमा स्वदेश नफर्कने कामदारलाई दण्ड , सजाय हुने जनाएको छ । उनीहरुलाई दक्षिण कोरिया र नेपाल सरकारको अध्यागमण , श्रम तथा सुरक्षालगायत सजाय समेत हुनेछ ।
गैरकानुनी कामदारहरुको नाम , ठेगाना सहितको विवरण आम सञ्चार माध्यमबाट सार्वजनिक गर्ने र ईपिएस कार्यलयको वेवसाईटमा राख्ने सरकारी तयारी छ । उनीहरु भविष्यमा कोरिया लगायत अन्य मुलुकमा रोजगारीको लागि जान नपाउने गरी कालो सूचिमा पर्नेछन । गैरकानुनी बस्दा श्रम शोषण वा कुनै समस्यामा परे उद्धार गर्न नसकिने शाखाले प्रष्ट पारेको छ ।

यसअघि दक्षिण कोरियाले समय सकिएपछि पनि नफर्केको भन्दै भियतनामी कामदार लिन रोकेको थियो । नेपाललाई पनि त्यस्तै चेतावनी दिएको छ  । भियतनामी कामदार अवैधानिक रुपमा बस्ने क्रम बढेपछि २०१३ मा उसले त्यहाको कामदार लिएन ।
गैरकानुनी कामदारहरुको नाम , ठेगाना सहितको विवरण आम सञ्चार माध्यमबाट सार्वजनिक गर्ने र ईपिएस कार्यलयको वेवसाईटमा राख्ने सरकारी तयारी छ । उनीहरु भविष्यमा कोरिया लगायत अन्य मुलुकमा रोजगारीको लागि जान नपाउने गरी कालो सूचिमा पर्नेछन ।

No comments:

Post a Comment