Thursday, May 22, 2014

पार्कले छाने अन दाइ हिलाई कोरियाको प्रधानमन्त्री

ऐश्वर्य श्रेष्ठ,दक्षिण कोरिया ।
दक्षिण कोरियाका रास्ट्रपति पार्क गेइन हिउले राष्ट्रिय सुरक्षा सल्लाहकार तथा पुर्व न्यायधिस अन दाइ हिलाई प्रधानमन्त्रीको रुपमा  चुनेका छन ।मंगलबार पार्कले हिलाई प्रधानमन्त्रीको रुपमा छनौंट गरेका हुन ।५९ बर्षीय हि भुतपुर्व प्रधानमन्त्री चुङ्ग होंग वनको ठाउंमा प्रधानमन्त्री छनौंट भएको रास्ट्रपतिका प्रबक्ता मिन  क्युंग वुकले बताए ।
 संसदको निर्णय नआउन्जेल चुङ्ग प्रधानमन्त्री रहने समेत प्रबक्ता मिनले जानकारी दिए ।भुतपुर्व प्रधानमन्त्री चुङ्ग होंग वनले गत महिना सेवल फेरी दुर्घटनाको जिम्मेवारी लिदैं राजिनामा दिएका थिए ।अप्रिल १६ तारिखमा भएको उक्त फेरी दुर्घटनामा झण्डैं २८८ जनाको मृत्यु भएको थियो ।

No comments:

Post a Comment