Wednesday, May 7, 2014

विकासको साँचो सकारात्मक चिन्तन

कमल प्रसाद अर्याल ,दक्षिण कोरिया -
देशको दुरावस्थाको मुख्य कारण भनेकै देश र नागरिकको चिन्तन  नै हो l जबसम्म विस्वास हुदैन  तबसम्म एकता र सहकार्य सम्भव पनि छैन l देशको राजनैतिक सामाजिक र आर्थिक विकासमा अनेक क्षेत्रमा देखापरेका अविस्वास र विसंगतिले  विस्वासको वातावारण बिगारेको हो l कसैलाई विस्वास गर्ने अवस्था छैन भनेर तर्किएर मात्र पनि सुधार र विकास सम्भव छैन l  राजनैतिक खिचातानी र  नीतिगत सुधार र संघर्ष मै  अमुल्य समय सकिदा विकास यथा स्थिति मै रोकिने र देश दुर्घटनाको सिकार हुने यथार्थ हामीले भोग्दै आएको  तथ्य हो l विरोध वा नकारात्मक चिन्तन हर क्षेत्रमा हाबी भईरहदा कुनै पनि कार्य सम्भब छैन कार्यबिनाको  परिणति दिवास्वप्न मात्र हो l देश मात्र नभएर विदेशमा पनि देशको हीत र विकासको विषयमा सोच्न सकिन्छ l कुटनैतिक सम्पर्क र सहकार्यबाट दुई देशबीच प्राबिधिक ज्ञान र उपकरणको  आदान प्रदान नीतिगत विशेषताको आदान प्रदान गर्दै कूटनैतिक  विशेषता आर्जन गर्न सकिन्छ l नेपाल सरकारले दुतावास स्थापना र  राजदूत नियुक्ति तथा  महंगा कर्मचारीको व्यवस्था निश्चित रुपमा सुबिधा भोगका निम्ति मात्र  वा देशको हीत नाचिताई व्यवस्था गरेको होइन l
काम नगरी  नम्र मीठा वचन राखेर  निबिरोध भत्ता तलब र सुबिधा पचाएर आफ्नो कार्यकाल पूरा गर्नुलाई म उपलब्धि ठान्दिन l केही तीता मीठा व्यवहारसहित  देशका निम्ति हीतकर कार्य गर्नसक्नु ठुलो उपलब्धि हो l म सुन्दै छु  मे  १५/१६र १७ नेपाली दुतावासले विशेष  सेमिनार गर्दै छ रे l १५ मे २०१४ मा नेपाल कोरिया कुटनैतिक सम्बन्धको ४० औ वर्ष गाँठका अवसरमा परराष्ट्रमन्त्रीको आगमन हुदैछ र  यो कार्यक्रमलाई  एउटा उपलब्धिपूर्ण मान्न सकिन्छ l सचिवस्तरीय बैठकसमेत हुन नसकेको लामो कालखण्डमा यो कार्यक्रम अत्यन्त उपलब्धिपूर्ण हुनेछ l
            परराष्ट्र मन्त्रीको नेतृत्वमा उद्योग मन्त्रालय ,उर्जा मन्त्रालय,वातावरण मन्त्रालय,कृषि मन्त्रालय ,पर्यटन मन्त्रालय ,लगानी बोर्ड,पर्यटन बोर्डसमेतको सरकारी अफिसर,ब्यापारी मण्डललाई  कोरियामा संचालन हुनलागेको यस कार्यक्रममा सहभागी हुन आग्रह गरिएको बुझिएको छ l देशको हीत र विकासका निम्ति नेपालले बृहत्तर गुरुयोजनासहित  उपलब्धिपूर्ण  उपस्थिति जनाउनु पर्ने देखिएको छ l यसो गर्न सकिएन भने यस कार्यक्रमको  औचित्य धुमिल हुनजाने निश्चित छ l यदि यस कार्यक्रमलाई उपलब्धिपूर्ण बनाउन सकियो भने निस्चय नै  हामी सबै नेपाली र  देशले  महान उपलब्धि हासिल गर्नेछ l नेपलमा संचलन हुने ठुला बृहत् आयोजनाहरूमा  कोरिया सरकार र यहाका ठुला ब्यापारीहरूलाई आकर्षित गर्न सकिन्छ l

विद्युत ,सिंचाई,खानेपानी,स्वास्थ्य,जलविद्युत,यातायात,कृषि,उद्योग,वाणिज्य,वातावरण,कार्वन सिंचन ,जस्ता क्षेत्रमा सहभागिता गराई आर्थिक उन्नति गर्न सकिन्छ l अल्प विकसित देशको शूचिबाट विकासोन्मुख देशको सूचीमा  शूचिकृत गर्न सकिने एक अवसर पनि  मान्न सकिन्छ l
              कोरिया नेपालको मित्रराष्ट्र हो पर्याप्त सहयोग र विकास चाहन्छ तर उपयुक्त वातावरण नभएको भ्रममा  अनेक सम्भावना किनारा लागेको अवस्था हो l  विस्वासको वातावरण निर्माण गर्न सकिएमा पर्याप्त लाभ लिन सकिन्छ l नेपाल प्राकृतिक छटा र सौन्दर्यले भरिपूर्ण देश भएको र बिबिधताले सम्पन्न मुलुक भएकाले कोरियाली पर्यटक अवकासप्राप्त जीवन  त्यही सौन्दर्यमा बिताउन रुचाउने पनि छन् l साहसिक पर्वतारोही र पद यात्रीको आकर्षक गन्तब्य स्थलको रूपमा  चिनिएको नेपालले नेपालको सौन्दय बेचेर  वा सौन्दर्य दर्शनबाट मात्र पनि पर्याप्त आर्थिक  लाभ आर्जन गर्न सक्दछ l हिउँ खेल कोरियाको अत्यन्त आकर्षक खेल भएको र संसारका ठुला ८ हिमशिखर नेपाल मै रहेकाले  हिमखेलको  माध्यमबाट देशको आर्थिक विकास गर्न सकिने र यस्ता उद्योगमा कोरिया सरकार र व्यवसायीहरूलाई  निश्चित रुपमा आकर्षित गर्न सकिन्छ l प्रविधिक ज्ञानको आदान प्रदान र सहयोगबाट हामी नेपालीले पनि लगानी गर्न सक्ने सुनौलो अवसर सिर्जना गर्न सकिन्छ l
 त्यस्तै  जडिबुटीको राम्रो अनुसन्धान गर्दै आएको कोरियासंग हिमाली क्षेत्रमा सडेर जाने गरेको  हिमाली जडिबुटी आदान प्रदानको सम्झौता गर्न सकिन्छ l जल ,जमिन र जंगलका विशेषतालाई जनताको प्रत्यक्ष सरोकारसंग जोडेर अनेक सम्भावनाको पूर्ति गर्नसकिन्छ l
            यस्तो महान् उपलब्धिपूर्ण कार्य सम्पादनका निम्ति नेपाल सरकारले मात्र पर्याप्त साधन श्रोत जुटाउन नसक्ने र  यस्ता महत्वपूर्ण उपलब्धिको कार्य सम्पन्न गर्न  दुतावासले वारम्बार यस दक्षिण कोरियामा रहेका तमाम नेपाली समुदायलाई सहयोगका निम्ति हात जोड्दै आएको छ  अर्थात् निवेदन गरेको छ l यहाँ रहेका हामी संघ सस्थाका प्रतिनिधि,समस्त मजदुर,ब्यापारी,विद्यार्थी,र यहाँ बैवाहिक सम्बन्ध गासेर बसेका नेपाललाई माया गर्ने सम्पूर्ण नेपाली कोरियावासी र कोरियन नागरिक ,सरकार, व्यवसायीहरूलाई पनि बारम्बार अनुरोध गर्दै आएको हो l यो कार्य बास्तवमा राष्टहितमा  रहेकाले व्यक्तिको प्रधानतालाई थाती राख्दै राष्ट्रहीतंमा सबै जुटेर सहयोग गर्न सकिएन भने हामीले केही गरेको ठहर हुने छैन l राष्ट्र निर्माणमा हाम्रो नेपाल सरकारसंग हातेमालो होस् दुतावास त माध्यम मात्र हो यस महान कार्यमा दुतावासको मात्र एकल जिम्मेवारी ठानेर हामीले पन्छने प्रयास गरियो भने देश र जनताका निम्ति ठुलो घातक सिद्द हुने छ l हामी देशको विकास र हीत चाहन्छौं यो अभिष्ट यस पर्यक्रमले पुरा गरोस् l
 सबै भन्दा  ठुलो समस्या मजदुरको छ l मजदुरका अनेक समस्या छन् ,मानवअधिकार अधिकार हननका अनेक उदाहरण पुष्टि भएका छन् तिनका सन्दर्भमा पनि कुरा उठोस् ,बार्ता होस् l अन्य राष्ट्रले पाए जस्तो संचयकोष यहाँका मजदुरले पनि पाउन् l बाँधा बनाएर होइन  सन्तुष्टि  दिएर  आपसी सम्झौतामा  काम लगाइयोस l काम गरेको ज्याला सहज पाउने  संरचना निर्माण हुन सकोस्  श्रमिक हक हीतका सवालमा अन्तराष्ट्रिय  मजदुर ऐनले परिभाषित गरेका आधारभूत अधिकारबाट नेपाली मजदुरले बिमुख हुननपरोस् यस्ता समस्याको चतुरतापूर्वक समाधान गर्ने  सामर्थ्य बनोस् भन्ने कामनासहित  यस कार्यक्रमको सम्पन्नताको शुभकामाना दिन चाहन्छु l हामी दुतावासमा रहने व्यक्तिको मुख नहेरौ  राष्टिय गरिमा र स्वार्थमा सक्दो त्याग गरी  यस कार्यक्रमलाई भव्यता साथ सम्पन गरौ भन्ने आग्रह गर्न चाहन्छु l विकासको साँचो सकारात्मक चिन्तन भएकाले  तीता मीठा सबै बिर्सिएर  हामी ताला खोलौ गाँठो नपारौ  यस कार्यक्रमलाई भव्यतासाथ सम्पन्न गर्नु हाम्रो दायित्व हो l जसले जे गरोस् जे चितावस् हामी हाम्रो कर्तब्य र राष्ट्रहितलाई  सर्वोपरी  ठानौ  यही हाम्रो कर्तब्य पनि हो l

No comments:

Post a Comment