Sunday, May 11, 2014

कोरियामा नेपाली सम्पर्क तथा सहयोग समिती उमसङ्द्वारा बिरामीलाइ सहयोग

बाबुराम पोख्रेल ,छङजु ,दक्षिण कोरिया - 
नेपाली सम्पर्क तथा सहयोग समिती उमसङ्ले बिरामी झरना थापालाइ ३ लाख ६० हजार कोरियन वन सहयोग गरेको छ l
उमसङ्का नेपालीहरुका लागि गत मइ ४ मा गठित नेपाली सम्पर्क तथा सहयोग समिती उमसङ्ले मइ ११ का दिन मुगुकको वर्ल्ड मार्केट्मा एक कार्यक्रम गरि यश क्षेत्रको सेङ्गुकमा कार्यरत खोटाङ् निवासी झरना थापालाइ ३६०२५० वोन सहयोग हस्तान्तरण गरेको छ।

उनी विगत ३ महिना देखि आफ्नो स्वा्स्थ्य उपचार गराउँदै आएको हुँदा यश क्षेत्रमा रहेका नेपालीबाट मनोज शाक्य र खोटाङ् समाजका प्रतिनिधि दिपेन्द्र राइको पहलमा उक्त रकम संकलन भएको थियो।संकलित रकम नव गठित समितिका अध्यक्ष महेन्द्र श्रेष्ठ,कोषाध्यक्ष लाल ब.साउद र पुर्व अध्यक्ष मनोज शाक्यबाट  हस्तान्तरण गरिएको थियो।कार्यक्रममा कोरियाको आफ्नो कार्यकाल पूरा गरेर नेपाल फर्कने तयारि अवस्थाका दिपक कुँवर र यश क्षेत्रमा नेपालीलाई सहयोग गर्नुहुने कोरियन नागरिक खो सोफियालाई दोसल्ला ओढाई सम्मान पनि गरिएको थियो।कार्यक्रम समितिका अध्यक्ष महेन्द्र श्रेष्ठको सभापतित्वमा सह-सचिव बाबुराम पोख्रेलले संचालन गर्नुभएको थियो।

No comments:

Post a Comment