Saturday, May 10, 2014

अस्ट्रियाकी दारीवाल महिलाले जितिन युरोभिजन २०१४ गीत प्रतियोगिता





ऐश्वर्य श्रेष्ठ, कोरिया ।अस्ट्रियाकी दारीवाल कोनचीता रुस्टले सन २०१४ को युरोभिजन गायन प्रतियोगिता जित्न सफल भएकी छिन । डेनमार्कको राजधानी कोपनहेगनमा शनिबार भएको सो  प्रतियोगितामा २५ राष्ट्रलाई पछि पार्दै उनले युरोभिजन जितेकी हुन । कोनचीताको वास्तविक नाम भने टम न्युरो विर्थ हो,उनले  च्ष्कभ ीष्पभ ब एजयभलष्ह गीत गाएर २९० पोइन्ट पाइ प्रतियोगितामा पहिलो भएकी हुन ।त्यसैगरी २३८, २१८ पोइन्ट  पाउन सफल भइ  नेदरल्याण्ड दोस्रो,स्वीडन तेस्रो भयो ।

बेलायतले जित्ने अडकलबाजी भैंरहेको उक्त प्रतियोगिता अस्ट्रियाले ४९ बर्षको इतिहासमा पहिलो पटक जितेको हो । बेलायतका कमेन्टेटर ग्राहम र्नटनले रुस्टको जितपछि भने दर्शक श्रोताको मन सजिलैं जित्न सफल भइन ।अस्ट्रियाले १९६६ मा  युरोभिजन गीत प्रतियोगिता पहिलो पटक जित्न सफल भएको थियो ।२६ राष्ट्रले सहभागिता जनाएको सो  प्रतियोगिता १२० मिलियन दर्शकले प्रत्यक्ष टि भिमा हेरेका थिए ।


No comments:

Post a Comment