Saturday, April 12, 2014

NRNA कोरियाले क्षेत्रीय समिति विस्तार गर्ने

नमस्ते नेपाल कोरिया संवाददाता

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कोरिया (NRNA कोरिया) सांगठानिक संरचना विस्तार तथा कार्यसम्पादनमा तिब्रता प्रदान गर्ने उदेश्यका साथ साबिकको एक मात्र क्षेत्रीय समिति बुउल्ख्यंग (बुशान- उल्सान- ख्यंगनाम) क्षेत्रलाई बुशान-उल्सान र ख्यंगनाम गरि दुई क्षेत्रमा बिभाजन गरी  उल्सान-बुशान क्षेत्रमा आगामी अप्रिल २७ तारिखमा क्षेत्रीय कार्यसमिति विस्तार गर्ने निर्णय गर्दै क्षेत्रीय समिति विस्तारका लागी अध्यक्ष श्री बिनोद कुँवर लाई जिम्मेवारी दिएको छ!

यसका अतिरिक्त अन्य क्षेत्रमा क्षेत्रीय समिति विस्तार गर्नका लागी सम्बन्धित क्षेत्र एवं  नेपालीहरुको जनघनत्वको अध्ययन गरि कार्यसमिति समक्ष प्रतिबेदन  पेस गर्नेगरि निम्नानुसार महानुभाव रहनुभएको “क्षेत्रीय समिति विस्तार अध्ययन समिति” गठन गरिएको जानकारी NRNA कोरियाका प्रबक्ता बिमल सुबेदीले बिज्ञप्ति मार्फत जानकारी दिनु भएको छ! NRNA कोरियाका अध्यक्ष श्री बिनोद कुँवरको संयोजक रहनुभएको उक्त अध्ययन समितिका अन्य सदश्यहरुमा श्री के .पी सिटौला, श्री रुद्र शर्मा,श्री यज्ञराज सुबेदी ,श्री प्रकाश धमला रहुन भएको छ! गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कोरिया (NRNA कोरिया)  NRNA कोरियाले आफ्ना बिभिन्न कार्यक्रमहरुमा सम्पूर्ण सबैको निरन्तर सहयोग,सहभागिता  र सद्भावको लागी आब्हान गरेको छ!

No comments:

Post a Comment