Tuesday, April 15, 2014

मे ४ मा कोरियामा ऋतु प्रदर्शन हुने

नमस्ते नेपाल कोरिया संवाददाता 
दक्षिण कोरियामा लामो सार्वजनिक बिदाको अवसर पारेर  मे ४ आइतवारका दिन चितवन सम्पर्क समिति दक्षिण कोरियाले  'ऋतु ' नामक नेपाली कथानक चलचित्र प्रदर्शन गर्न लागेको छ l काम छोडेर नयाँ कामको प्रतीक्षामा बस्दा यहाँ कार्यरत नेपाली  नागरिकले झेल्नुपरेको विविध समस्यालाई दृष्टिगत गरी आश्रय स्थलको रुपमा' चितवन घर 'निर्माण गरिएको हो l चितवन घर संचालनका निम्ति आइपरेका आर्थिक समस्या समाधान हुने र सामाजिक उद्देस्यका साथ प्रदर्शन गर्न लागिएकोले मनोरन्जनका साथ सामाजिक उद्देय पनि पूरा गर्ने महान्  आदर्शबाट यस चलचित्रको प्रदर्शन गर्न लागिएको हो l त्यस्तै कोरियामा विविध बिपत्ती झेलिरहेका साथीहरूको सहयोगार्थ पनि आर्थिक संकट परेकाले सो बचत रकमबाट आपतकालीन  राहत कोषसमेत  स्थापना गर्ने उद्देय राखिएको छ l
     मनोरन्जनका साथै महान् मानवसेवाको उद्देस्यबाट प्रदर्शन गर्न लागिएको यस चलचित्रमा सम्पूर्ण सामाजिक संघ सस्था ,समाजसेवी,बुद्दिजीवी,विध्यार्थी, ब्यापारी र मजदुर लगाएत सबैको सहयोग हुने विस्वास गरिएको छ l यहाँ रहेका हरेक नेपाली समुदायलाई पर्याप्त सहयोग गर्न  चितवन सम्पर्क समितिले हार्दिक आग्रह गरेको छ l
  स्थान-उल्जिरो १ गा  के. ई.बि. बैंकको सभाकक्ष
मिति - मे ४ आइतवार
समय - दिनको १२ बजे 

No comments:

Post a Comment