Saturday, April 19, 2014

नर्वेमा नेप्लीज स्टुडेन्ट सोसाईटी ईन स्टाभेन्जर गठन



ऐश्वर्य श्रेष्ठ,कोरिया ।नर्वेमा अध्ययनरत विधार्थीहरुले नेप्लीज स्टुडेन्ट सोसाईटी ईन स्टाभेन्जर गठन गरेका छन ।स्कुल अभ मिसन एन्ड थियोलोजी एन्ड युनिर्भसिटी अभ स्टाभेन्जरमा अध्ययनरत विधार्थीको एक भेलाले केशव पुरी अध्यक्षतामा सो  समाजको गठन गरेको हो ।शुक्रबार भेला भएका विधार्थीले नेपालबाट नर्वेमा अध्ययन गर्न गएका नयां तथा पुराना विधार्थीलाई आपतविपतमा सहयोग तथा स्वागत गर्ने उद्देश्य रहेको सो समाजको अध्यक्ष केशब पुरीले बताए ।
  नयां ठाउंमा अध्ययन गर्न आउदा जो कोही बिधार्थीहरुलाई त्यहांको वातावरण,संस्कृतिमा घुलमिल हुन समस्या हुने भएकोले नेपाली समाजको आवश्कता महशुस गरी नेप्लीज स्टुडेन्ट सोसाईटी ईन स्टाभेन्जर गठन गरिएको पुरीले बताए । सो समाजमा उपाध्यक्ष नबिन घिमिरे ,सचिव सन्तोष भट्टराई,सहसचिव  प्रतिक्षा केसी ,कोषाध्यक्ष पशुपति सुवाल र सदस्यहरुमा सुन्दर सुबेदी ,बिकी महर्जन,कमल ढकाल र राजु सुबेदी रहेका छन ।

No comments:

Post a Comment