Sunday, April 13, 2014

फाटेको मन

-कबिता -
 -झक थापामगर  -

    आज भोली जिन्दगी आफैलाई बिझाउंछ किन?
        परेको छैन पानी,वर्षे झरीमा झैं मन रुझाउंछ किन?
    जित्नै पर्ने तिमीले आफै संग हारे म डसेर गयौ किन?
         मेरो प्रेमलाई पैसाको तराजुमा जोखी छोडेर गयौ किन?

   अरुको पिडामा रम्नेहरुको सामु हांसोको पात्र बनायौ किन?
      छोडेर जानु नै थियौ भने प्रेमको नशा लाग्ने गरि पिलायौ किन?
मेरो आँशु लाई तिमीले मूल्यहिन बनाई कुल्चेर गयौ किन?
     बग्दै जाने समयमा मलाई सम्झेर धुरु-धुरु रुने छौ कुनै दिन?

मन मुटु एउटै थियो तिम्रो मेरो शिशा झैं चर्काएर गयौ किन?
    निस्वार्थ माया गरेथें तिमीलाई मेरो मन धर्काएर गयौ किन?
परेको व्यहोर्दै जाउंला जिवनमा अब तिम्रो यादमा रूँदै रूँदिन,
   निष्ठुरीको झुठा वाचालाई सम्झेर फाटेको मनलाई १,२,३ सिउँदै सिउँदिन

    झक थापा,मगर                                
स्याङ्जा, चिसापानी-८ हाल सउल कोरिया।

No comments:

Post a Comment