Sunday, April 27, 2014

नेपाली साहित्य समाज दक्षिण कोरियाको अनुरोध

निश्चल काउचा,सउल  कोरिया 
 विश्व भरि छरिएर रहेका सर्जकहरुलाई एउतै मालामा उन्ने उदेश्यले नेपाली साहित्य समाज दक्षिण कोरियाले स्मारिका प्रकाशन गर्न गईरहेको हुदा सम्पूर्ण सर्जकहरुले आफ्ना एक प्रती रचना अटो साईजको फोटो सहित आउदो मे महिनाको ३१ तारिखसम्म  kala.sahitya2014@gmail.com  मा पठाई दिनु हुन् अनुरोध गरेका छन् l

स्मारिका प्रकाशनका प्रमुख  संयोजकहरु :- कल्पना राई र  सुर्य खत्री ' घायल' ले - गजल 
प्रगति राईले -  कथा र संस्मरण 
प्रविण राईले -  कविता
सहसंयोजकहरु:- झबिन्द्र बेल्बासे , अनिल शर्मा सुबेदी , गंगा पौडेल , श्रीराम गुरुङ , केशब चापागाई ,  जीवन गौतम , डी .आर. अटु ,  जीवन पौडेल , दिनेश  राई  र निश्चल काउचाबाट  मुक्तक ,रुवाई अन्य विधाहरु सम्पादित गरिन लागेका हुन् l

पुनश्च :- (१) कुनै राजनैतिक पूर्वाग्रह र गालि गलौज, साम्प्रदायिक भावनालाई प्रोत्साहित गर्ने खालका र अश्लील शब्दको प्रयोग गरिएको पाईएमा त्यस्ता रचनाहरु स्वत अस्वीकृत हुनेछन ।
(२)आफ्नै मौलिख रचना हुनु पर्ने 
(३)सुद्ध भाषामा लेखिएको हुनु पर्नेछ छ् । अर्थ अन्यथा नलागोस भनेर  
(४)सर्जकलाई पारिश्रम दिईने छैन । 
 रचना प्रकाशनको अन्तिम निर्णय गर्ने अधिकार नेपाली साहित्य समाज दक्षिण कोरियालाई हुनेछ ।  


No comments:

Post a Comment