Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Sunday, April 20, 2014

ओइजम्बुमा ओएनएफको संगठन बिस्तार , थेगुमा पनि बिस्तार गरिने

नमस्ते नेपाल कोरिया संवाददाता -
कोरियामा नेकपा एमाले को प्रबास संगठन "प्रबासी नेपाली मन्च " ले आफ्नो संगठन बिस्तार अभियान ओइजम्बु क्षेत्रबाट शुरु गरेको छ ।

" गतिशिल संगठनको बिस्तार र सबल नेत्रीत्व निर्माणको अभियान " भन्ने नारा सहित कोरियाका जम्मा ८ बिशेष क्षेत्रमा संगठन बिस्तारको अभियान सुरु गरेको हो । यही अप्रिल २० तारिख आइत बार   ओइजम्बु नजिकै पोछन सङउरिमा सम्पन्न भेलाले यादब प्रसाद लम्सालको अध्यक्ष्यतामा १० सदस्यिय कमिटी निर्माण गरेको छ । कमिटिको उपाध्यक्ष्यहरुमा राजु तामाङ , नेत्र चौधरी ,तेज पुन निर्बाचित भएका छन । त्यसैगरी सचिबमा कृष्ण रानाभाट , सह सचिबमा मोहन बोहरा र कोशाध्यक्ष्यमा पुष्प पौडेल निर्बाचित भएका छन । सदस्यहरुमा भने राम गुरुङ , रविन केसी , रमेश अधिकारी र सन्जिब नेपाल रहेका छन । सल्लहकारहरुमा भने डम्बर साउद र निराजन तिमील्शिना रहेका छन।
ओएनएफ कोरियाका अध्यक्ष गोबिन्द गाउलेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त भेलामा केन्द्रिय उपाध्यक्ष केसब गौतम,सह सचिब शिवलाल पन्थी , प्रबक्ता सालीक बसेल र सल्लहाकार चेत बहादुर बस्नेत लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा प्रमुख अतिथीको मन्तब्य दिदै गोबिन्द गाउलेले कोरियामा नेपालीहरु प्राय इपिएस भिसामा काम गर्ने श्रमिकहरु भएकोले प्रबासी नेपाली मन्चले तिनै श्रमिकहरुको हितमा काम गर्दै जाने प्रतिबद्दता ब्यक्त गर्दै नेपाली दुताबासको काम कारबाहीलाई गुण र दोसको आधारमा मुल्याङ्कन गरी समर्थन र बिरोध गर्ने जानकारी दिए । अर्का बक्ता केशब गौतमले इपिएस सम्बन्धी नयाँ कानुन मजदुरको  हितमा नरहेको र नेपालमा थेजिगम बुझ्ने नियमको खारेज हुनु पर्ने बताए । कार्यक्रमका अर्का बक्ता सालीक बसेलले नेकपा एमाले पार्टी मात्र प्रगतिशिल मुलधारको एक मात्र नेत्रित्वदायी पार्टी भएको हुँदा प्रबासमा राजनैतीक चेतनाको संचार गराउनु पर्ने बताए । सल्लहकार चेत बस्नेतले संगठनले यहाँको सामाजिक सस्था सँग हातेमालो गर्दै अगाडि बढेको बताएका थिए । कार्यक्रमको सन्चालन केन्द्रिय सचिबालय सदस्य कपिल न्यौपानेले गरेका थिए भने सभापतित्व ओइजम्बु भेला आयोजक कमिटीका सम्योजक कृष्ण खड्का ले गरेका थिए ।ओइजम्बु , याङ्जु र पोछन क्षेत्रका एमाले समर्थकहरुको बाक्लो उपस्थिती रहेको उक्त कार्यक्रममा अब दोस्रो संगठन बिस्तारको कार्यक्रम मे ४ तारिखको दिन थेगु क्षेत्रमा सम्पन्न गर्न लागिएको जानकारी समेत दिइएको थियो । प्रबासी नेपाली मन्चले गत जनवरी महिनाको ३० तारिख आफ्नो चौथो अधिबेशन सम्पन्न गरेको थियो र मार्च 30 तारिख केन्द्रको बैठक बाट प्रबाशी नेपाली मन्चको नाम रहने गरी निर्णय गरेको थियो । यस् अघी यस् संगठनको नाम नेपाली लोक्तान्त्रिक मन्च रहेको थियो

No comments:

Post a Comment