Monday, April 14, 2014

एनसिसि कोरियाको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

विष्णु न्यौपाने -सउल ,दक्षिण कोरिया -
 अप्रिल १३ तारिक आइतबारका दिन सउल स्थित नेपाल हाउसमा नेपाली नयाँ वर्ष २०७१ सालको उपलक्ष्यमा नेपाली सम्पर्क समिति द. कोरियाद्वारा आयोजित  शुभकामना आदान प्रदान कार्यक्रम  सम्पन्न भएको छ ।
प्रमुख अथिति नेपाली राजदुताबासका  राजदुत कमानसिंह लामाले  कोरियामा रहेका समाजसेवी,बुद्धिजिबी, विद्यार्थि, मजदुर,पत्रकार, संघ सस्थाका प्रतिनिधि र राजनितिक दलका संगठनको  उपस्थितिमा केक काटेर कार्यक्रमलाई उदघाटन गरिएको थियो । उक्त कार्यक्रममा राजदुत लामाले आफ्नो मन्तब्य संगै  कोरिया तथा  संसारभरी छरिएर रहेका नेपालीहरूलाइ   नयाँ वर्ष २०७१ को सालको शुभकामना पनि  ब्यक्त ब्यक्त गरेका थिए  ।

यसै गरी शुभकामना मन्तब्य कै क्रममा एनआरएन  आइसीसी  कोरियाका प्रतिनिधि केपी सिटौला, ओमन फर ओमन कि अध्यक्ष जुनु गुरूङ, जनजाति महासंघ द.कोरियाका अध्यक्ष भक्त शेरचन, जन सम्पर्क समितिकि  आस्था विन्दु मल्ल, ओएनएफका गोबिन्द गाउले, जन अधिकार मंञ्चबाट दिपक पुन लगायत अन्य विभिन्न संघ सस्थाका प्रतिनिधिहरूले पनि शुभकामना ब्यक्त गर्नु भएको थियो । सबैले २०७१ सालभित्रै संविधान बनोस, नेपाली जनताले शान्ति पाउन भन्ने कुरा लाई प्राथमिकता दिदै शुभकामना ब्यक्त गर्नु भएको थियो । अन्तमा सो कार्यक्रमका अध्यक्ष लोचन राईले  सबैलाई शुभकामना ब्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए 

No comments:

Post a Comment