Friday, March 7, 2014

कोरियामा वोमन फर वोमन अनि नारी दिवस

रमेश खावाजु ,दक्षिण कोरिया 
अमेरिकामा कपडा उद्योगमा काम गर्ने मजदुर महिलाहरुले समान काम, समान ज्याला लगायत महिलासँग सम्बन्धित अधिकारको आवाज उठाउँदै गरेको संघर्ष सफल भएको दिनको सम्झनामा विश्वभरका महिलाहरुले नारी दिवस  मनाउने गरिन्छ । हरेक बर्ष मार्च ८ तारिकमा हुने नारी दिवस नेपालमा पनि महिलाहरुले  विभिन्न ठाउँहरुमा नारीको हकहित, चेतना र समानता लगायत विभिन्न महिला अधिकारका बिषयहरु समेटी  कार्यक्रमहरु गरि मनाइन्छ  l

दक्षिण कोरियामा रहेका महिलाहरुको बिभिन्न समस्याहरु समाधान गर्ने उदेश्यले सन् २०१० मा स्थापित महिलाहरुको साझा संस्था वोमन फर वोमनले आफ्नो स्थापना काल देखि नै निरन्तर रुपमा हरेक बर्ष नारी दिवस मनाउदै आएको छ l अन्तराष्ट्रिय नारी दिवस मार्च ८ मा मनाएतापनि दक्षिण कोरियामा भने आइतबार सार्बजनिक बिदाको अवसर पारेर मनाइन्छ l कोरियामा महिलाहरुले सन् २०१४ को नारी दिवस मार्च ९ तारिक आइतबारका दिन दिउसो ३ बजे सउलको दोङदेमुनस्थित सुभेक्षा रेष्टुरेन्टमा एक  कार्यक्रम गरि मनाउन लागेका हुन् l यस बर्षको १०४ औं अन्तराष्ट्रिय नारी दिवसमा दक्षिण कोरियामा रहेका महिलाहरूको समस्या लगायत अन्य विभिन्न बिषयमा केन्द्रित  रही कार्यक्रम हुन्  लागेको वोमन फर वोमनका अध्यक्ष जुनु गुरुङले बताए l अध्यक्ष गुरुङले मार्च ९ तारिकमा हुन् लागेको १०४ औं अन्तराष्ट्रिय नारी दिवसमा सहभागी हुन् कोरियामा रहेका बिभिन्न संघ संस्थाहरु ,महिला दिदीबहिनीहरु लागायत कोरियाबासि नेपालीहरुमा अनुरोध गर्नुभएको छ l

अन्तराष्ट्रिय नारी दिवसको छोटो परिचय 
सन- १९०८मा न्यूयार्कको एक कपड़ा फ्याक्ट्रिमा काम गर्ने करीब १५ हजार महिलाहरुले कामको घंटा कम गर्न,तलव बढाउन र भोटदिने अधिकारको माग गर्दै प्रदर्शन गरेका थिए । यही क्रममा सर्वप्रथम् सन् १९०९ फेब्रुरी २८मा अमेरिकाको सोशलिस्ट पार्टीले राष्ट्रिय  नारी दिवस मनाएको थियो l   सन- १९१०  मा डेनमार्कको कोपेनहेगनमा श्रमजिवी महिलाको अन्तराष्ट्रिय  सम्मेलन भयो जसले  अन्तराष्ट्रिय  स्तरमा महिला दिवस मनाउने निर्णय गर्‍यो र सन् -१९११ मा पहलो पटक मार्च १९ मा  अन्तराष्ट्रिय  महिला दिवस मनाइएको थियो । यसलाई सशक्तिकरण गर्नको लागि ऑस्ट्रिया, डेनमार्क, जर्मनी र स्विट्जरलैंडमा लाखौ महिलाहरुले जुलुसमा भाग लिए ।त्यसपछी सन- १९१३ मा महिला दिवसको तारीख ८ मार्चमा सारियो । हालसम्म पनि  ८ मार्चलाई संसार भरी महिला दिवसको रुपमा मनाइदै आएको हो ।

No comments:

Post a Comment