Thursday, March 6, 2014

पत्रकार महासंघ कोरिया शाखाद्वारा बेलायत शाखालाई अधिबेशन सफलताको शुभकामना

रन्जन कुँवर ,दक्षिण कोरिया 
बेलायतमा रहेका नेपाली पत्रकारहरुको साझा संस्था  नेपाल पत्रकार महासंघ बेलायत शाखाले आउदो  २०१४ मार्च ९ तारिकका दिन शाखाको दोश्रो अधिवेशन गर्ने भएको छ l सो अधिबेशनमा अतिथीको रूपमा उपस्थित हुन बेलायत शाखाले कोरिया शाखालाई  निमन्त्रणा पठाएको जानकारी नेपाल पत्रकार महासंघ कोरिया शाखाका अध्यक्ष अशोक मैनालीले बताए l अध्यक्ष अशोक मैनालीले कोरिया शाखाको  प्राविधिक कारणले सो अधिवेशनमा उपस्थित हुन नसक्ने भन्दै क्षमा याचनाका साथ  अधिबेशनमा सफलताको लागि शुभकामना सन्देश पठाएको बताए । ६ मार्च २०१४ मा नेपाल पत्रकार महासंघ कोरिया शाखाले  पत्रकार महासंघ बेलायत शाखालाई दोस्रो अधिबेशन सफलताको शुभकामना सन्देश पठाएको छ।
यस्तो छ कोरिया शाखाले पठाएको शुभकामना सन्देश -


                                                                                          मिति : २०१४ मार्च ६
श्री नबिन पोखरेल ज्यू,
नेपाल पत्रकार महासंघ बेलायत शाखा l
   
                                      बिषय : शुभकामना सम्बन्धमा l 

महोदय ,
            सर्वप्रथम त बेलायतमा रहेका नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ बेलायत शाखाले त्यंहा रहेका पत्रकार ,सिंगो नेपाली समुदाय र दुइ देश बीचको सम्बन्धमा अतुलनिय योगदान पुर्याउनु भएकोमा बेलायत शाखालाइ धन्यबाद ब्यक्त गर्दछौं l बिशेषत यहीं मार्च ९ तारिक सु-सम्पन्न हुन् गईरहेकोदोश्रो अधिवेशनमा उपस्थितीको लागि हामीलाइ निमन्त्रणा पठाउनु भएकोमा यहाँहरु प्रति हार्दिक आभार प्रकट गर्दछौं l तर प्राविधिक कारणले सो अधिवेशनमा उपस्थित हुन नसकेकोमा क्षमा याचना गर्दै उक्त अधिवेशन भब्य रुपले सम्पन्न हुनेछ भन्ने अपेक्षा गर्दछौं l साथै आगामी दिनमा दुइ शाखा बीच रचनात्मक सहकार्य हुनेछ भन्ने आशा ब्यक्त गर्दछौं l
                                           
                                                 अशोक मैनाली 
                                               नेपाल पत्रकार महासंघ ,दक्षिण कोरिया 

No comments:

Post a Comment