Wednesday, March 5, 2014

दक्षिण कोरियाद्धारा उत्तरसंग वार्ताको प्रस्ताब

ऐश्वर्य श्रेष्ठ ,दक्षिण कोरिया -
दक्षिण कोरियाद्धारा उत्तरकोरियासंग बुधबार वार्ताको प्रस्ताब गरेको छ ।

दक्षिण कोरियाले अर्का चरणको पारिवारिक पुर्नमिलनको लागि वार्ताको आव्ह्वान   गरेको हो ।दुई कोरियाबीचको  सन १९५०-५३ मा भएको युद्धमा छुटिएका परिवारसंग  पुर्नमिलन गराउन रेडक्रसमार्फत प्रस्ताब गरेको दक्षिण कोरियाको सञ्चारमाध्यमले जनाएको छ । टेलिफोनमार्फत बुधबार बिहान ११:५५ मा कुराकानी गरेको श्रोतले बताएको छ ।कोरिया सरकारले आगामी बुधबार अर्काे चरणको वार्ता गर्ने प्रस्ताब  गरेको पारिवारिक पुर्नमिलन  एकीकरण मन्त्रालयका परवक्ता पार्क सुइनले बताए ।
गत हप्तामात्र दुई कोरियाबीचको दोसो चरणको पारिवारिक पुर्नमिलन कार्यक्रम सम्पन्न भएको थियो ।

No comments:

Post a Comment