कमलप्रसाद अर्याल,दक्षिण कोरिया l
करिब २० वर्ष यता मलाई कुनै राजनैतिक दल र तिनका क्रियाकलाप पटक्कै मन परेनन् २०४६ सालको जनआन्दोलन र त्यसपूर्व राजतन्त्र नै विकासको बाधक हो भन्ने लाग्दथ्यो l अनेक आन्दोलनमा मोर्चामा अग्रस्थानमा उपस्थित भए पनि पदमा बस्न अन्य व्यक्ति नै तम्सने पदभन्दा नामभन्दा कार्यको सफलता ठुलो कुरा हो भन्ने लाग्दथ्यो l जननिर्वाचित दलका नेता र सरकार जब भ्रस्टाचारमा लिप्त भए भूमफियाका प्रिय भए ,जहाँ जहाँ विसंगति सिर्जना हुन्छ ,जहाँ जहाँ विकास बिरोधि कार्य हुन्छ ,जहाँ जहाँ अशान्ति हुन्छ ,जहाँ अन्याय हुन्छ , चोरी,डकैति,हत्या अपहरण लुट, छुट,हुन्छ त्यहाँ राजनैतिक दलको प्रत्यक्ष संलग्नता वा परोक्ष पृष्ठपोषण अनि दिक्क र आजित भएर राजनीतिबाट पृथक सामाजिक सस्थाहरूमार्फत आफ्नो राष्ट्र सेवाको भावनालाई आत्मरतिका निम्ति माध्यम बनाउदै आएको हुँl आज मलाई सोध्ने गर्छन् मेरा हितैसी, आफन्त , र राजनीति कर्मी हुँ भन्नेहरू तपाई कुन पार्टीको ? म भन्छु म जनता ,तठस्थ मान्छे आजसम्म राजनीति गरिन l विस्वास मान्दैनन् तल्लाघरे ठाइलो आप्बोटे माइलो त्यो साने सबै राजनीति गर्ने जब कि उनीहरूले पढेका पनि छैनन् तपाई त २१ कक्षा पढेको मान्छे यस्ता कुरा गर्न सुहाउछ ? अवस्य ढाटेको हुनुपर्छ l अवस्य मैले राजनीति गरिन राजनीतिको स्वार्थ, लोभ लुट,र जनताको भावनामा खेलवाड गर्ने कित्ताबाट अलग बसेर सामाजिक न्याय , सार्वजनिक सम्पति र जमिन हरण गर्ने सरकारका बिरुद्द निकै मुद्दा लडियो बारम्बर गल्ती गर्ने सरकारका बिरुद्द खनिन , न्याय पालिका र न्यायकर्मीले साथ दिए l भूमफियासित मिलेर सार्वजनिक सम्पति र जनताको भावना बिपरित कार्य गर्नेलाई गरेको खबरदारी नै मैले गरेको समाजसेवा हो l जसबाट मैले राजनीतिमा कुनै स्थान लिन नचाहेकै हो हरेक राजनैतिक दलका नेता र कार्यकर्ताको आग्रह नआएको पनि होइन l सरकारमा जाने नेताको चाकडी गर्नु भन्दा तटस्थ बसेर कान समाउनमा नै मैले आनन्दको अनुभूति गर्न थालें l हो कुनै बेला म कुनै राजनैतिक दलको कार्यकर्ता पनि थिएँ आफूले समर्थन गरेको दलले गरेका जनविरोधी क्रियाकलापबाट घृणा जागेर नै मैले राजनीति नगर्ने निधो गरें l देशको सम्पति खाएको छैन गोजीको पैसाले परिश्रमको आर्जनले सकेको सामाजिक क्रियाकलापमा संलग्न रहियो l बारम्बार सरकार हारेको छ हामीले जितेकै हो l त्यो जीतको आनन्दमा आजसम्म आत्मसम्मान नगुमाई बाचेको छु l कसैले आक्षेप लगाए यसले चाकडी गर्यो भनेर चाकडी गर्ने स्वभाव भएको भए पद ,प्रतिष्ठा ,धनको ओइरो लाग्ने थियो l राजप्रसाद सेवाबाट अधिकृतमा प्रवेस गराउछु भनेर प्रस्ताव गर्ने दरवारिया जिम्दै छन् , भेट हुँदा लोप्पा खुवाउँछन् l एक सार्वजनिक मुद्दामा दुई रोपनी जग्गा दिन्छु सहमतिमा आउनुस् पनि भनेकै हुन् आज काठमान्डौको मुटुको २ रोपनीले अमेरिका गएर बस्न पुग्ने थियो तसर्थ यस्ता आरोप लगाउनेका मुखमा थुक्न मन लाग्छ l
आज आफू एउटा काल्पनिक रहस्य मनोबिनोद मै हराएको रहेछु l प्रत्यक्ष राजनीतिमा लाग्नुको बिकल्प छैन बाटो बिराएका बिरुद्द पार्टीमै प्रवेश गरेर सकेसम्म देश र जनताको हीतमा लाग्नै पर्छ l जनताको सेवा गर्छु भन्ने जनतालाई बारम्बार दुख दिएर पार्टीको स्वर्थसिद्द गर्नतिर लाग्दा देश र जनता कंगाल भएको पत्तो नपाउनेहरूका बिरुद्दसिधा झम्टन मन लागेको छ l अब राजनैतिक मार्ग नसमाती यो कुरा सम्भब पनि छैन जनतालाई कसैले टेर्दो रहेन छ l आज माओवादीलाई किनारा लगाउने खेल खुल्ला रुपमा चलेको छ l जल्दो बल्दो गोमनले सिधा फणा उठाउन पाएन भने डस्छ l माओवादीले सिधा बन्दुकको राजनीति गरेको होइन विचारले बन्दुक बोकेको हो l हिजोको इतिहास हामीलाई थाहा छ आफ्ना माग पुरा नहुँदा देशले यति ठुलो क्षति बेहोर्नु पर्यो l भोकाले भोजन , चुहुने झोपडी छाइनु पर्ने शिक्षा स्वास्थ्यमा सबैको पहुच गरिव निमुखाले न्याय पाउनु पर्ने हरेक जाति र खण्डमा विकेन्द्रीकरणको नीति लागु हुनुपर्ने जस्ता जनताका माग लिएर उदय भएको हो l जब विचार असफल हुन्छ अनि क्रान्ति र प्रतिक्रान्ति जन्मन्छ l यस्तै दुर्घटनाको सम्भावनामा देश अगाडि बढेको छ l हिजो दरबारबिरुद्द आन्दोलनको सुरुवात गर्दा माओवादी बाहेकका शक्ति कोही सडकमा निस्किएन रत्नपार्कमा १०/८ नेता जम्मा भएर पोलेका मकै कोपर्दै अश्रुग्यास र लौराका दाम छाम्दै भागेका हुन् l तिनै आतंककारी मानिएका टाउकाको मूल्य तोकिएका तथाकथित अपराधी र अपराधी समूहसित सहकार्य गर्ने अन्य राजनैतिक दल कसरी आज टकटकिन सक्छन् l युद्दकालका एक एक मुद्दा नमुनाका रुपमा हतियार बनाई तथाकथित निर्वाचनमा अस्त्रका रुपमा फालेर अनैतिक बहसले जनतालाई अन्धो बनाएका छन् l निर्वाचन आयोगमा दर्ता भएको दल , कानूनले स्वस्छ छवी भनेर उम्मेदवार घोषणा गरिसकेकाहरूलाई आज पुन अपराध मुद्दामा झोसेर अर्को दुर्घटना निम्त्याउने खेल हुदैछ l देशमा शान्ति अमनचयन विकास भए कमाउन सकिन्न भन्ने मान्यता राख्नेहरू बारम्बार जनताका पीडक बनेर आगो झोस्ने काम गर्दै छन् l
युद्द कसैको रहर होइन बाध्यता हो आज हरेक कोणबाट पुन दुर्घटना निम्त्याउने खेल हुदैछ त्यसैले हामी जस्ता जनता अब सिधा राष्टिय हीत र सम्भावित दुर्घटना रोक्ने सिपाही बनेर राजनीतिमा लाग्नुको बिकल्प मैले देखेको छैन l

No comments:
Post a Comment