-कविता -
घरफिर्न नपाएका पैतालाहरु
राता डोब बनाउँदै
ग्लानी भरिएको आत्मा निचोर्दै
शरण परिरहेछन्
आफूँहुनुको अस्थित्व बेचेर
मुटुविनाका मान्छेको वस्तीमा ।
घरफिर्न नपाएका अनुहारहरु
यान्त्रिक मुकुट पैह्रिएर
स्वयम् वन्धक हुँदैछन्
चेतनशीलताको आवरणमा ।
घरफिर्न नपाएका आत्माहरु
इमानको तलाउमा डुब्दै
गौरवान्वित हुँदै
मान्छेभित्रको परिधिमा
रगत, पसिना र आँसु लिलामी बेच्दैछन्।
घरफिर्न नपाएका आँशुहरु
पीडा, जलन र भयाभहको क्रोधमा
नरोइ बगिरहेछन्
हान नदिको किनारैकिनार ।
साच्चै,
घरफिर्न नपाएका मान्छेहरु
आजभोली मौनतामा
दुख्दैनन्, वोल्दैनन्, सुन्दैनन् र देख्दैनन् ।
निकुञ्ज तिवारी ,दक्षिण कोरिया l
![]() |
| निकुञ्ज तिवारी |
घरफिर्न नपाएका पैतालाहरु
राता डोब बनाउँदै
ग्लानी भरिएको आत्मा निचोर्दै
शरण परिरहेछन्
आफूँहुनुको अस्थित्व बेचेर
मुटुविनाका मान्छेको वस्तीमा ।
घरफिर्न नपाएका अनुहारहरु
यान्त्रिक मुकुट पैह्रिएर
स्वयम् वन्धक हुँदैछन्
चेतनशीलताको आवरणमा ।
घरफिर्न नपाएका आत्माहरु
इमानको तलाउमा डुब्दै
गौरवान्वित हुँदै
मान्छेभित्रको परिधिमा
रगत, पसिना र आँसु लिलामी बेच्दैछन्।
घरफिर्न नपाएका आँशुहरु
पीडा, जलन र भयाभहको क्रोधमा
नरोइ बगिरहेछन्
हान नदिको किनारैकिनार ।
साच्चै,
घरफिर्न नपाएका मान्छेहरु
आजभोली मौनतामा
दुख्दैनन्, वोल्दैनन्, सुन्दैनन् र देख्दैनन् ।
निकुञ्ज तिवारी ,दक्षिण कोरिया l

No comments:
Post a Comment