कमलप्रसाद अर्याल ,दक्षिण कोरिया l
द.कोरियालाई अल्प विकसित र अविकशित मुलुकका नागरिकले रोजगारीका निम्ति आकर्षक गन्तब्य मानेर बाध्यतावस यहाँ रोजगारीका निम्ति आउनु पर्ने कुरा एकातिर छ भने आउनुपूर्व यहाको अनुमान र वास्तविकतामा आकास जमिनको फरक छ l इ पी यसलाई हामीले अवसर मान्ने गरे पनि यो वैदेसिक श्रमिकलाई नीतिगत बाध्यतामा वा नियम ,विनियमका सांग्लामा कसेर कल्पना गर्न नसकिने शारीरिक क्षमता भन्दा निकै गुणा काममा फसाएर अमानवीय ढंगबाट आर्थिक उन्नति गर्ने अभिष्ट छ l भाषाको विकास र धार्मिक ,सामाजिक,राजनैतिक अतिक्रमणको दीर्घकालीन परियोजना अन्तर्गत भाषा परीक्षा पास गरेका पनि कोरिया आउने निश्चित छैन यसको वास्तविक रहस्य भनेको नेपालमाथि आफ्नो प्रभाव जमाउने गुरू योजना पनि हो l एउटा कामदारले ३ वर्षको श्रम सम्झौता गर्नु पर्छ बाध्यतावस तीन वर्ष उही कम्पनीमा काम गर्नु पर्ने अवस्था छ l शारीरिक असक्षमता कामको अनुभव सुन्यतामा पनि मापदण्ड भन्दा कैयौ गुणा बढी र छिटो काम गर्नुपर्छ l एक मिनेटमा २० किलोको २० बोरा उचालेर फाल्न त सम्भव होला तर ४० बोरा फाल्नु पर्छ भनेर दिइने दबाबले र काम गर्न नसक्दा शारीरिक र मानसिक यातना सहन नसकी बर्षेनी आत्महत्या गर्न बाध्य भएका छन साथीहरू ,अर्कोतिर गरिब मुलुक क्षमताहीन नागरिक भएका नाताले यस्ता शारीरिक मानसिक दवावलाई मानसिक अवस्था ठीक नभएको ,अति मद्द्य पान गरेको जस्ता अनेक प्रतिवेदनलाई मौन समर्थन गर्नु पर्ने बाध्यता छ l अनेक संघ सस्था क्रियाशील छन तर मजदुरका समस्यामा बोल्ने र प्रतिकार गर्ने क्षमता कसैमा छैन l यो एउटा दुर्भाग्यपूर्ण वास्तविकता हो l एउटा मानव मेसिन होइन जसलाई सिमित पैसामा किन्न सकिन्छ तर यहाँ मेसिनको जति जतन छैन, मजदुरको l श्रम सम्झौताअनुसार साहूको अनुमति पाए मात्र कम्पनी परिवर्तन गर्न पाइने सर्त भित्र मानवता कुण्ठित भएको कसको विवेकले देख्ने?मानवअधिकार बलियो भएको र प्रजातान्त्रिक मुलुकको रूपमा अन्तराष्टिय छवी बनाएको द.कोरियाको यति त्रासद मानवअधिकार हननको वास्तविकता उजागर भएमा संसार भयभित हुने छ l साहु र कामदारको आपसी सहमति वा श्रम दिने र पारिश्रमिक लिने बीचको स्वेच्छामा आधारित हुनुपर्नेमा साहूको इच्छामा आधारित श्रमनीतिले मजदुरलाई दास बनाएको छ l साहुले अनुमति नदिदा अबैधानिक हुनुपर्ने ,र अन्य काम गर्न अयोग्य साबित हुने भयानक डरलाग्दो अवस्था छ l जाली कागज पत्र बनाई कोरिया प्रवेश गरेमा ३ वर्ष कैद र २ करोड वन जरिवाना तोकिएको छ यस्ता कुराको छानविन कोरिया आउनुपूर्व हुनुपर्छ यस्ता नीतिले सोझा सिदा व्यक्ति आरोपको डरलाग्दो भुमरीमा जाकिनु पर्ने सम्भावना खडा भएको छ l त्यसै गरी व्यक्तिगत गोप्यता सार्वजनिक गर्ने नीति मानवअधिकार हननको पराकाष्टा हो l बिनापूर्जी बिदेसी कामदार पक्राउ गर्ने र छानविन गर्ने नीति निर्माण गरिएको छ यो सिधा नग्नता हो l
तोकिएको ज्याला नदिने, तोकिएको समयभन्दा बढी काममा लगाउने पारिश्रमिक नदिने शारीरिक र मानसिक तनाब कै आधारमा कजाउने कार्यस्थल परिवर्तन गर्न नपाउने ,जस्ता वास्तविकताले कोरिया वास्तव मै त्रासद छ l इ पी यस र यहाको बैदेशिक मजदुर नीति यहाका उद्योग पतिहरू कै हीतमा केन्द्रीत हुनु र उद्द्योग पति नै सभाषद् हुनु वा संसदमा रहनु पनि हो l कही कतै मानवीय स्वतन्त्रता र भावनात्मक मूल्यको पहिचान गर्न नसक्नु मानवअधिकार हनन र मानवीय अपराधमा मुछिनुमा वा हरेक वर्ष एक एक नियम थपेर शोषणको नग्नता प्रदर्शन गर्नुमा कोरियाको बाह्य छवी सुन्दर देखिनु नै हो l त्यसैले एम टि यु ले इ पी यस खारेजीको माग गर्दै आएको पनि छ किन कि इ पी यस यस्तो भयानक अपराध लुकाउने दस्तावेज हो जसमा फसेपछि श्रमिक दास हुन्छ l
परीक्षा प्रणाली समान होस्, समान लगानीमा कोरिया आउन पाउन् कुनै चलखेल नहोस् सरकारले सम्मानपूर्ण सम्झौता गरोस् l श्रम अनुमति प्रणाली लागु होस् यहाँ श्रमिकको इच्छा र आवस्यकताका आधारमा काम लगाइयोस शारीरिक क्षमता र मानवीय रुचिका आधारमा काम गर्ने र लगाउनेकाबीच बाध्यात्मक अवस्था सिर्जना गर्नु अपराध हो र यसको अन्त्य हुनु अपरिहार्य छ यसका निम्ति इ पी यस का घातक नीति निर्देशन परिवर्तन आवस्यक छ l इ पी यस प्रणाली अन्त्य नभएसम्म यस्ता बाध्यात्मक अवस्थाबाट मुक्ति सम्भव छैन l आफ्ना आवस्यकतामा केही नबोल्ने अनावस्यक राष्ट्रको गरिमा धमिल्याउन उद्दत रहने हाम्रा मित्रहरू आफ्नो पेशागत अधिकारप्रति सचेत रहनुस् हामी पहिला मानिस हौ अनि बल्ल मजदुर पसिना बेच्न सकिन्छ आत्मा बेच्न सकिन्न l हरेक हप्ता समबेदना कार्यक्रम राखेर आसु देखाउने होइन अब समवेदना कार्यक्रमको अन्त्य गर्न हामी जुर्मुराउनै पर्छ अब हामीले आफ्नो अस्तित्वको खोजी गर्नुपर्छ l
फरवरी २३ आइतवारका दिन एम टि यु को कार्यालयमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सबै संघ सस्थाका प्रतिनिधि समाजसेवी सबैलाई आमन्त्र गरिएको थियो जो जति उपस्थित रहनु भयो वहाँ हरुलाई हार्दिक धन्यवाद दिदै आभार प्रकट गर्न चाहन्छु l एम टि यु हाम्रो आवस्यकता हो अपरिहार्यता हो l र मजदुर हक हीतका सवालमा निडर भएर बहस छलपल र्याली बिरोध र विज्ञप्ति निकाल्ने कुरामा सहमति हुदै एकाकार हुने प्रतिबद्दता आएको थियो l अब एम टि यु एउटा शक्तिशाली सस्था हुनुपर्छ l मानवीय न्याय स्थापनाका निम्ति क्रियाशील हुनुपर्छ भन्ने निष्कर्ष निस्किएको हो l हामी प्रवासी मजदुर निरिह आशामुखी मात्र होइन आफ्नो हक अधिकार स्थापनाका निम्ति क्रियाशील र उर्जाशील हुनु अपरिहार्य छ l गरिव देशमा जन्मिए पनि हामी मानव हौ l संसार नै हाम्रो घर हो जुन सुकै कुनामा मान्छेले मान्छे भएर बाच्ने अधिकार छ भने हामी स्वतन्त्र मान्छे किन बन्न सकिन्न कोरियामा ? हामीले अन्तराष्टिय जगतमा मानवाधिकार हननको यो बिकराल समस्या देखाउन सक्नुपर्छ यिनका निर्लज्जतालाई छोप्ने होइन उदांग पार्नुपर्छ l
कोरियाका हरेक कार्यक्रममा मन्चमा प्राय सालिक झैँ स्थापित हुने गरेका अनुहारहरू व्यसमा एकाधिकार अस्तित्व खोज्नेहरू समाजसेवी हुँ भन्नेहरू मजदुरका साझा सबालमा भएको अन्तरक्रियालाई बेवास्ता गर्दै उपस्थिति जनाउन नसकेको देखियो l २२ हजार मजदुरको दुखमा साथ दिन सक्दैनौ भने कोरियाका मजदुरले तिमीलाई गन्ने छैनन् ख्याल गर l बनावटी भ्रमले स्थापित हुने सपना भताभुंग हुनेछन l अब नामको पूजा गर्ने युगको अन्त्य भएको छ , गुण देखाउने बेला भएको छ l
मानवअधिकार हनन ,र विश्व मजदुर संगठनको मापदण्ड बिपरितका एक एक मुद्दा अब एम टि युले उजागर गर्नु पर्छ l ढुंगा मुढा र अराजकता सिर्जना गर्ने अधिकार हामीसित छैन तर न्यायालयको ढोका धकधक्याउने अधिकार हामीसित छ l कोरियाको न्यायालयमा यहाको श्रम नीति ,श्रम मन्त्रालय र सम्बन्धित निकायलाई प्रतिवादी बनाइ वकिल खटाई यस्ता मानवीय शोषणको घटना उजागर गर्दै न्यायको अपिल गर्नु आजको हाम्रो अपरिहार्यता हो l आत्महत्याका कृतिम रहस्य उजागर गर्नुको कुनै औचित्य छैन l यहाँ विदेशी मजदुरले मान्छे भएर बाच्न पायो भने कहिलै समबेदना कार्यक्रम गर्नु पर्दैन l वास्तविकतातिर लागौ आकाशतिर फर्केर थुक्न छोडौ छिटा आफ्नै मुखमा पर्ने हो l कसरी मान्छे भएर बाच्न सकिन्छ कोरियामा पनि भन्ने कुरातिर हाम्रो ध्यान जान जरुरी छ l युरोपियन मुलुकमा किन मान्छे स्वतन्त्र छ त्यसको तुलनामा हामी किन प्रत्येक दिन मरेर बचेका छौ मूल्यांकन गरौ l आफ्नो अस्तित्व रक्षाका निम्ति गम्भीरपूर्वक सोचौ हामी एक भएर अन्याय अत्याचार शोषणको बिरुद्दमा एक्यबद्धता जाहेर गरौ l आवस्यक कार्यतिर ध्यान जाओस् l अनावस्यक खुरापात नै हाम्रो पहिचान हो भन्ने मान्यताले देश रोएको छ बेसरी लुटेका छन l दुनियाले पाएको संचयकोष कोष नेपाली मजदुरले किन पाएनौ त्यता किन नजाने ? अब पुन अन्तरक्रिया गरौ एम टि युले साहस गरोस् हामी नेपाली समुदाय एकपल्ट मजदुर हीत ,अधिकार र न्याय स्थापनाको बाटोमा निभीक भएर लागौ केही गर्नु आवस्यक छैन कोरियामा यस्तो शोषण छ भनेर देखाउन सके लाजले नै हाम्रा अधिकार स्थापित हुने छन l हामी र हाम्रो समुदाय एक बनौ व्यक्ति पूजनका निम्ति होइन उपलब्धि हासिलका निम्ति हाम्रो सहकार्य होस् मूल्य स्थापनाका निम्ति हाम्रो सघर्ष एकपल्ट चरम बिन्दुमा पुगोस् l सबै मजदुर एक हौ l
[लेखक - कोरियामा एम टि यु को निम्ति नेपाल संयोजक ,ओसान क्षेत्रीय अध्यक्ष तथा नेपालमा मानवअधिकारसरोकार केन्द्र नेपालका आजीवन सदस्य हुन् ]

No comments:
Post a Comment