Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, January 8, 2014

चितवन घर l

कमलप्रसाद अर्याल ,दक्षिण कोरिया l

प्रवास प्रवेश पश्चात्  आफ्नो माटो, मायाँ गर्ने मन, आफ्नो समाज,  आफ्नो छिमेक ,आफ्ना मीत्र  र संरक्षण गर्ने कानूनदेखि टाढा भएर बसेको अवस्थामा दुईहजारका हाराहारीमा दक्षिण कोरिया प्रवेश गरेका चितवनवासीले एक अभिभावकका रूपमा चितवन सम्पर्क समितिलाई स्थापित गरेका छन् l   मानिसको संवेदनशीलता  आस्था, विस्वास, अद्भूत  संरक्षण र अपनत्वको भाव  यस चितवन सम्पर्क समितिको चौतारामा पाएको अनुभूति भएको छ l एक सामाजिक सस्था भएको कारणले यस सस्थामा केवल सामाजिक हीत, न्याय , आपसी प्रेम र भ्रातृत्वको भाव मात्र घनिभूत भएको   यथार्थ  लुकाएर लुक्दैन l यहाँ अनेक राजनैतिक विचार बोकेकाहरू आफ्नो राजनैतिक खोल उतारेर  एक छिमेकी बन्धु बनेर उपस्थित हुन्छन् भने  नेतृत्व कसले लिएको छ भन्ने कुरामा कसैलाई कुनै पर्वाह छैन l सस्थाप्रमुखको हैसियतमा रहेको व्यक्ति र एक चितवनवासी  जुनसुकै मीत्रको  पनि समान अस्तित्व स्वीकार्य छ l  यहाँ कसले के गर्यो भन्दा चितवनवासीले के गरे त्यो महत्वपूर्ण कुरा हो एक्लोले केही गर्न नसक्ने भएकाले नै  सस्थाको र समुदायको अवधारणा घनिभूत भएको हो  l  आज चितवन वासीले दक्षिण कोरियामा ' चितवन घर' निर्माण गरेका छन् l जोखिमपूर्ण काम ,मानवअधिकार हनन  र  मानवीय न्यायको मर्म नबुझेका मालिकहरूबाट दास जस्तो जीवन निर्वाह गर्नुपर्दा स्वतन्त्र मन अवस्य बिद्रोही हुन्छ  ,पसिना र श्रम बेच्न सकिन्छ तर आत्मसम्मान बेच्न सकिन्न  l यस्तो अवस्थामा कम्पनी छाडेर नयाँ काम खोज्नुको बिकल्प छैन l यस्तो अवस्थामा होटल मोटेलमा बस्न खर्चले नधान्ने र आफ्नो आस्थालाई बन्धकी राखेर अवसरको खोजी गर्नुपर्ने बाध्यताको विकल्पका रूपमा ' चितवन घर'को  अवधारणा आएको हो l

   हुन त कतिपय  मीत्रहरूले जिल्लागत भन्दा सिंगो नेपालको एक सस्था हुनुपर्छ  भन्ने विचार दिने गर्छन् त्यस्ता मित्रहरू एउटा कम्पनीमा काम गर्ने साथीहरूबीच पनि मित्रताको भाव सिर्जना गर्ने खुबी राख्दैनन् ,यस्तो हुनु दुर्भाग्यपूर्ण कुरा हो l एक परिवार संगठित भए व्यवहार राम्रो चल्छ ,असल परिवारका सदस्य साँझ सबै जम्मा भएर दिन भर के के गरियो  भोलि क -कसले के के गर्ने भन्ने सल्लाह सहमति  गर्छन l  परिवारमा अन्योल हुदैन l राम्रो मिलेको समाज र समुदायले देशबाट पाउनु पर्ने सहयोग नपाउदा पनि आफ्नो समुदाय र क्षेत्रको विकास स्वयं गर्ने  गरेका समाजहरू छन l एक्लो हुनु भन्दा दुई हुनु दुई गुणा चार हुनु ठुलो कुरा हो l आजको युगको शक्ति संगठनमा हुन्छ भनिन्छ एक्लोले भन्दा संगठित भएर उपलब्धीहरू  हासिल भएका छन l मौरी जस्तो सानो  प्राणीले एकै घारमा कतिधेरै मह जम्मा गर्छ एक मौरीले कति मह जम्मा गर्न सक्ला ? मौरीको एकताले नै  मान्छेलेसमेत लाभ लिएको छ l  एकताको बल कति छ ? हामीले अन्य जीवबाटसमेत शिक्षा लिन सकिन्छ l
          चितवन सम्पर्क समितिले पांच सदस्यीय' चितवन घर' व्यवस्थापन समिति गठन गरेको छ l निवर्तमान अध्यक्ष राजन श्रेष्ठको संयोजकत्वमा युवराज श्रेष्ठ ,दीलिप ढुंगाना,दीलकुमार श्रेष्ठ र गोविन्द पंगेनीसहितको समिति निर्माण गरिएको हो l नयाँवर्षको दिन शुभकामना आदानप्रदानसहित सामुहिक बैठक बसी  यस समितिको कोष सशक्तीकरणका संबन्धमासमेत छलफल भए l कोषाध्यक्ष दीलकुमार श्रेष्ठको नाममा रहेको के . ई . बि बैंकको  खाता कोड[5] 620207814078मा सहयोग रकम जाम्मा गर्नेको उत्साह अझ बढ्दै गयो l यसलाई कोरियन वनमा  उल्लेख गर्दा  रोचक होला बासुदेव महतो ,२ लाख , यमबहादुर थापा एक लाख ,बुद्दीजंग गुरुङ १लाख ,नरहरि पुरी १लाख ,मेषबहादुर शुब्बा १ लाख ,दिनेश पंगेनी १ लाख ,कमलप्रसाद अर्याल १ लाख पचास हजार,दीलकुमार श्रेष्ठ १ लाख पचासहजार ,दुर्लभबन्धु पोख्रेल १ लाख पचास हजार ,कृष्णप्रसाद आचार्य १ लाख ,शंकरकुमार श्रेष्ठ १लाख,दीलिप ढुंगाना १लाख ,डम्बरबहादुर राना १लाख पचास हजार ,किशोर लामा १ लाख ,केशव पौडेल १ लाख ,प्रकाश गिरी १ लाख ,दुर्गा सापकोटा १ लाख ,राजन श्रेष्ठ १ लाख  एकाउन्न हजार ,गंगा थापा १ लाख एकाउन्न हजार ,पद्मा श्रेष्ठ १ लाख ,युवराज श्रेष्ठ १लाख पचास हजार , इन्द्रप्रसाद न्यौपाने १ लाख ,राजीव गुरुङ १ लाख पचास हजार ,नारायण के सी १ लाख ,गोविन्द पंगेनी १ लाख ,विनय काफ्ले १ लाख ,भोला पौडेल १ लाख , गिरिराज कुँवर १ लाख, बिष्णु गुरुङ १ लाख ,राजेश सुवेदी १ लाख  मनोज कार्की ३ लाख रकम सहयोग स्वरूप प्रदान  गरेका छन् l कतिपयले आफू सहयोग गर्न ईच्छुक रहेको जनाएका छन भने  कतिपयले तलब आएपश्चात सहयोग गर्ने वचन दिएर   समुदायको  हीतमा योगदान पुर्यांउने वचन दिएका छन् l
    जसरी नयाँ उर्जा र उमंगसाथ संघठित भएर चितवनवासीले यो प्रवासमा एकता विस्वास र सहकार्यको भाव प्रस्तुत गरेका छन् यस्ता कार्य संसारमा छरिएर रहेका नेपालीले गर्नु पर्ने र सिक्नु पर्ने देखिन्छ l चितवनका साथीहरूको सहयोगमा  यस्तो उल्लेखनीय कार्य भएता पनि नेपाल वा कोरियाका कुनै पनि व्यक्ति र सस्थाले दिल खोलेर सहयोग गर्न सक्नेछ l चितवन घरमा चितवनवासी मात्र नभएर  नेपालका जो कोही मीत्रहरू  यो नेपाल र नेपालीको  साझा घर सम्झेर  आउन बस्न सक्नुहुनेछ  भने  सहयोग गर्न चाहने व्यक्ति र सस्थाले सहयोग पनि गर्न सक्नुहुने छ l कोरियामा बिपत्तीमा परेका साथीहरूको सहयोग गर्ने ,पिकनिक, जमघट , सुख दुखका हरेक यात्रामा एकताबद्द हुँदै  नेपाल गएर पनि यस सस्थालाई निरन्तरता दिने र सामुहिक लगानीका माध्यमबाट  औद्योगिक विकासमा टेवा पुर्याउने ,यहाँ सिकेका मिहिनेत गर्नुपर्छ भन्ने आदर्श ,इमान्दारिता, एकता र विस्वसलाई पनि नेपालमा प्रयोग गर्ने साझा लक्ष र लगानीकासाथ आत्मनिर्भर  हुने हाम्रो  योजना र प्रयास निरन्तर जारी रहने  छ l 

No comments:

Post a Comment