Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, January 6, 2014

कोरियामा नेपाली राजदूत लामाले अनधिकृत ब्यापार गर्दै l

सुरेन्द्र पौडेल ,काठमाडौं- 
दक्षिण कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामाले पदीय आचरणविपरीत कोरियामै विभिन्न व्यवसायमा लगानी गरेको र धेरै नेपालीलाई अनधिकृत रूपमा कोरिया पुर्यामएर देशकै बेइज्जत हुने कार्य गरेको खुलासा भएको छ।

लामाको नेपालमै होटलमा लगानी भए पनि कोरियामा छोरीको नाममा रेस्टुरेन्टमा लगानी गर्नु तथा दूतावास भवनअगाडि नै फोटो स्टुडियो खोलेर व्यापार गर्नु पदीय मर्यादाविपरीत छ। एकीकृत नेकपा माओवादीको सिफारिसमा राजदूत बनेका लामामाथि 'संविधानसभा निर्वाचन बेला पैसा उठाएर पार्टीलाई बुझाएको' आरोप लागेको थियो।

कोरियास्थित नेपाली दूतावासकै भरपर्दो स्रोतका अनुसार काठमाडौंको ठमेलस्थित होटल 'ठमेल इको रिसोर्ट' र कोरियाको राजधानी सियोलबाट ४० किलोमिटर उत्तरमा रहेको 'ओम नमस्ते' रेस्टुरेन्टमा राजदूत लामाको लगानी छ। दुवैमा उनको ३३ प्रतिशत लगानी रहेको स्रोतको दाबी छ। दूतावास भवनकै अगाडि घरको तेस्रो तलामा खोलेको फोटो स्टुडियोमा उनले सम्पूर्ण रूपले निजी लगानी गरेका छन्।

माओवादी कोटामा दुई वर्षअघि राजदूत नियुक्त भएका लामाले आफ्नी छोरी निमा र अर्का एक नेपालीको लगानीमा तीन महिनाअघि ओम नमस्ते रेस्टुरेन्ट खोलेका हुन्। दूतावास स्रोतका अनुसार रेस्टुरेन्टमा ३० हजार अमेरिकी डलरभन्दा बढी लगानी भएको छ। नेपाली र भारतीय परिकार पाइने उक्त रेस्टुरेन्टको सम्पूर्ण रेखदेख उनकै छोरी निमाले गर्दै आएकी छन्। ठमेल इको रिसोर्टको सञ्चालक समितिका अध्यक्षमा राजदूत लामाकै श्रीमती इन्द्रमाया तामाङ लिना बल छन्।

राजदूत लामाले अन्य लगानी अस्वीकार गरे पनि ठमेल इको रिसोर्टमा ३३ प्रतिशत सेयर भएको स्वीकार गरेका छन्। 'ठमेलको होटलमा मेरो अझै ३३ प्रतिशत सेयर छ, अरूमा लगानी गरेको छैन,' उनले सियोलबाट नागरिकसँग टेलिफोनमा भने, 'केही नेपालीले रेस्टुरेन्ट खोले होलान्, मलाई मेरै दूतावासको काम भ्याइनभ्याई छ।'

दूतावास स्रोतका अनुसार राजदूत लामाले त्यहाँ हुने विभिन्न पर्यटन मेलामा सहभागी भई नेपालमा रहेको आफ्नो होटलको प्रवर्द्धन गर्ने गरेका छन्। 'उहाँ नेपाल जाने कोरियाली पर्यटकलाई आफ्नै होटलमा बस्ने सल्लाह दिनुहुन्छ,' स्रोतले भन्यो।

उनले पछिल्लो समय दूतावासमा राहदानी बनाउन आउनेको भिड बढ्दै गएपछि त्यसैको फाइदा उठाउन फोटो स्टुडियो खोलेका हुन्। दूतावासमा राहदानी बनाउन आउने नेपालीलाई रिसेप्सनबाटै फोटो स्टुडियोको बाटो देखाइन्छ। यसका लागि उनले आफ्नै भाइ निर्मललाई खटाएका छन्। दूतावास स्रोतअनुसार निर्मलले राहदानी बनाउन आउनेलाई 'तपाईंको फोटो मिल्दैन' भन्दै सामुन्नेको स्टुडियो पुर्यारउने काम गर्छन्। स्टुडियो गत वैशाखमा खोलिएको हो।

राजदूत लामाले भाइ निर्मललाई 'लोकल स्टाफ'का रूपमा सवारी चालक बनाएर राखेका छन्। कुनै पनि राजदूतलाई दुईजना सहयोगी मात्र नेपालबाट लग्ने सुविधा छ तर राजदूत लामाले यो नियम मिचेर तीन व्यक्ति कोरिया पुर्यारएका छन्। यसमध्ये एकजना सहयोगीलाई भान्छाको जिम्मा दिएका छन् भने अर्का सहयोगी कार्चुङ लामा फोटो स्टुडियोमै बस्ने गर्छन्। कार्चुङ राजदूत लामाका नातेदार हुन्।

स्रोतका अनुसार राजदूत लामाले विभिन्न कार्यक्रमका बहानामा नेपालीलाई त्यहाँ पुर्या एर लुकाउने गरेका छन्। राजदूत भएर गएदेखि हालसम्म करिब १४ जनालाई लुकाएको स्रोतको दाबी छ। एक वर्षअघि कोरियामा आयोजित 'नेपालमा लगानी तथा व्यापारका सम्भावना' विषयक सेमिनारका लागि उनले नेपाली प्रतिनिधिमण्डलमै मिसाएर लगेका केही व्यक्ति उतै लुकेर बसेका छन्। नागरिकसँग ती व्यक्तिको नामसूची सुरक्षित छ।

स्रोतका अनुसार यसै वर्ष बुद्ध जयन्तीमा लुम्बिनीबाट 'शान्ति दीप' कोरिया पुर्याएउने कार्यक्रममा सहभागी भएर गएका ४८ मध्ये ११ जना उतै बसेका छन्। सेमिनार र शान्ति दीपसँग्ौ गएका सबै नेपाली ९० दिनको 'पयर्टक भिसा'मा गएका थिए। कोरियामा लुकाएर काममा लगाउने योजनाअनुसार नै ती ११ जनालाई नेपाली प्रतिनिधिमण्डलमा समावेश गरिएको स्रोतले बतायो।

दूतावास स्रोतका अनुसार नेपालबाट कोरिया पुग्दा ११ जनालाई कुनै अप्ठेरो हुन्छ कि भनी राजदूत उनीहरूसँगै जान खोजेका थिए। शान्ति दीप नेपालबाट चीनको तिब्बत, बेइजिङ हुँदै दक्षिण कोरियाको सिओल पुर्यामइएको थियो। ११ जनासँगै जान राजदूत लामाले नेपाल आएर काठमाडौंमा रहेको चिनियाँ दूतावासमा भिसाका लागि आवेदन दिएका थिए। चिनियाँ दूतावासले उनलाई तिब्बत प्रवेश गर्ने भिसा दिन अस्वीकार गर्योक। त्यसपछि उनले कोरिया फर्केर त्यहाँको चिनियाँ दूतावासमार्फत बेइजिङसम्मको भिसा लगाए।

कूटनीतिक अभ्यासमा कुनै देशमा सम्बन्धित राष्ट्रको राजदूत हुँदाहुँदै अर्को देशमा रहेको त्यही देशको राजदूतलाई कामको सिलसिलामा आउन दिइँदैन। यही कारण देखाउँदै चिनियाँ दूतावासले भिसा अस्वीकृत गरेको घटना त्यतिबेला गुपचुप राखिएको थियो।

'अर्काको कार्यक्षेत्रमा प्रवेश गर्न खोजेको भन्दै काठमाडौंमा रहेको चिनियाँ दूतावासले राजदूत लामालाई त्यतिबेला भिसा दिएन। कुटनीतिमा यो ठूलो मुद्दा हो। तर नेपाल सरकारको नोटिसमै आएन,' स्रोतको दाबी छ।

शान्ति दीप कार्यक्रममा सहभागी भएर गएका एकजना महिलाको विवाह राजदूत लामाले आफ्नै निवासमा त्यहीँका एक नेपालीसँग गरिदिएका थिए। लामा थरकै ती महिलाको विवाह उनले गत 'मे' महिनामा जनवादी तरिकाले गरिदिएका थिए। अहिले भिसा सकिए पनि ती महिला कोरियामै छिन्।

राजदूत लामाले भने नेपालबाट मान्छे लगेर कोरियामा लुकाउने आरोपमा कुनै सत्यता नभएको बताए। 'कोरिया ल्याएर कुनै नेपालीलाई मैले लुकाएको छैन,' उनले नागरिकसँग भने, 'मैले आयोजना गरेको कार्यक्रममा आएका २/४ जनाले भिसा थपेर बसेका छन् रे। केही नेपाल फर्केर भिसा लगाएर फेरि आएका छन् भन्ने सुनेको छु।'

साभार  : नागरिकन्युज 

No comments:

Post a Comment