Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Saturday, January 4, 2014

जनमतको अपहेलना l

निश्चल काउचा ,दक्षिण कोरिया |
संविधान सभा भाग-२ को निर्वाचन संपन्न भएको दुई महिना बित्न लाग्दा पनि दलहरू नयाँ सरकार गठन गर्नेतिर ध्यान दिन सकेका छैनन । समानुपातिक सुची बुझाउने समय पटक-पटक थपेर जसो तसो नामावली निर्वाचन आयोगमा बुझाए तर समानुपातिक सभासद छान्ने प्रक्रियामा दलका शिर्ष नेताहरुले पार्टीलाई योगदान गरेकालाई भन्दा आफ्ना नातेदार , श्रीमती र पार्टीलाई रकम दिएर सहयोग गर्नेहरूलाई सिफारिस गरे पछि सबै दलहरूको समानुपातिक सभासद छनोट प्रक्रिया बिवादरहित हुन सकेन । बिवाद मिलाउन नसके पछि रा.प्र.पा नेपाल झन्डै फुटन पुग्यो ।

चुनावको मुखमा माओवादीले गरेको बन्दलाई प्रतिकार गर्दै जनता भोट खसाल्न पुगेका थिए । छिटफुट घटना बाहेक चुनाव शान्ति पूर्ण रुपमा संपन्न भएको थियो । एक बर्ष भित्र संबिधान बनाउने दलहरूले निर्वाचन अघि गरेको बाचा निर्वाचन सकिए पछि भुल्न थालेको आभास हुदैछ । ठुला दलका शिर्ष नेताहरूले आफ्नो दलले सम्मान जनक स्थान नपाए प्रतिपक्षमा बस्ने धम्की पूर्ण भाषा बोली राखेका छन । सबै दलहरू कुर्सी मोहबाट टाढा रहन सकेका छैनन भन्ने कुरा उनिहरुको बोलीबाट प्रस्ट बुझिन्छ ।

आउदो सरकार कुन दलको नेतृत्व बनाउने र प्रधानमन्त्री कसलाई बनाउने भन्ने कुराको टुङ्गो लगाउन ठुला दलहरूलाई बाह्र बज्ने पक्का छ । नेपाली काँग्रेस या एमाले जुन दलको नेतृत्वमा सरकार बनाए पनि ती दुई दल भित्र नै को प्रधानमन्त्री बन्ने भनेर तिब्र बिवाद छ । समय घर्की सक्दा पनि दलहरू नयाँ सरकार गठन गर्न अग्रसर नहुदा एक बर्ष भित्र संबिधान लेखिएला भनेर नेपाली जनताले कुन आधार बिश्वास गर्ने यो प्रश्न आफैमा गहन छ ।

काँग्रेस या एमाले जुन दलको नेतृत्वमा सरकार भने पनि अगाडीको बाटो पक्कै सजिलो छैन । राजतन्त्र र हिन्दु राष्ट्रको ओकालत गर्दै आएको रा.प्र.पा नेपाल चौथो शक्तिको रुपमा उदय भएको छ । उता देश धर्मनिरेपक्ष घोषणा
भैसकेको छ । माओबादीले सिमान्तकृत बर्गको नीम्ति भन्दै १५ बर्ष देश जनयुद्धमा होम्यो । हजारौं जनताको रगतको खोलो बग्यो । माओबादीले झोसेको जातिय आगो र कमल थापाले झोसेको धर्मको आगोलाई आगामी सरकारले सेफ ल्यान्डिङ गरेन भने देश कता जाला अनुमान गर्न कठिन छैन । बिभिन्न देशहरुमा जातिय र धर्मको नाममा ठुला-थुला दंगा भएका धेरै उदाहरण छन ।

सबै दलहरूले कुर्सी मोह त्यागेर सबै दलहरूको सहमतीमा नयाँ सरकार गठन गरेर अब बन्ने संबिधानमा सिमान्तकृत बर्ग , दलित , मधेशी , जनजाति , अपाङग , तेस्रो लिङ्गी र समाजमा पछि परेका सम्पुर्ण तह र तप्काका बर्गको अधिकार सुनिस्चित गरियोस । एक बर्ष भित्र नै संबिधान लेखेर नयाँ नेपाल बनाउनतिर लाग्नु पर्छ् । यदि यसो गरिएन भने नेपालमा पनि आम आदमी को जन्म नहोला भन्न सकिन्न चेतना भया !

No comments:

Post a Comment