उपेन्द्र लामिछाने ,भक्तपुर l
तीन छोरीहरुको जीवनरक्षाका लागि आमा नेपालीहरुसित सहयोगको अनुरोध गर्दै l
तिम्ल्याहा सन्तानकी आमा भक्तपुर क्वाठन्डौकी विष्णुमाया बनमालालाई नवजात शिशुको उपचारका लागि आर्थिक समस्या परेको छ। मजदुरी गरेर जीविका चलाउँदै आएको परिवारलाई अस्पतालको उपचार खर्च धान्न समस्या परेको हो। कम तौलका साथ जन्मेका तीन शिशुको सिद्धि स्मृति महिला तथा बाल अस्पताल, भक्तपुरको सघन उपचार कक्षमा उपचार हुँदैछ।
'दैनिक १० हजार हाराहारी उपचार खर्च लाग्ने गरेको छ,' विष्णुमायाले भनिन्, 'अस्पतालको खर्च कसरी तिर्ने भन्ने चिन्ताले सताउन थालेको छ।' इँटाभट्टामा मजदुरी गर्ने श्रीमानको आम्दानीले घरखर्च धान्न धौधौ परेको अवस्थामा एकै पटक ठूलो समस्या आएको उनले बताइन्। सन्तानको चिन्ता र आर्थिक चिन्ताले एकैपटक सताएको उनले सुनाइन्।
'नानीहरुलाई दुईदुई घन्टाको फरकमा स्तनपान गराउनुपर्छ, तर घरबाट पोसिलो कुरा किन्न सक्ने अवस्था पनि छैन,' उनले भनिन्, 'मेरो बाध्यता बुझेर अस्पतालले खाना खुवाउने गरेको छ तर कसरी अस्पतालको बिल तिर्ने भन्ने पीरले सताउने गरेको छ ।'
५ वर्षअघि जन्मेकी छोरीसमेत सुस्त मनस्थितिको रहेको ३१ वर्षे विष्णुमायाले सुनाइन् । राम्रो उपचार गरेर ३ वटै छोरी बचाउन आर्थिक सहयोगको आवश्यकता रहेको उनले सुनाइन्। 'मैले मात्र बचाउन असम्भव छ,' उनले भनिन्, 'सबैको सहयोग मिले बाँच्छन् भन्ने लागेको छ।'
छोरीहरुको नाम उनले गंगा, जमूना र सरस्वती राखेको बताइन्। गंगा र जमुनाले आमाको दूध च्याप्न सके पनि सरस्वतीले भने पाइपको माध्यमबाट दूध खाँदै आएकी छन्। 'गंगा र जमुनालाई दुईदुई घन्टाको फरकमा दूध पिलाउने गरेकी छु,' उनले भनिन्, 'उनीहरुलाई सकुशल घर लैजाने आशा छ।'
विष्णुमायाका श्रीमान दिनेश भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचका सदस्य पनि हुन्। विभिन्न देवीदेवताको वेशमा नृत्य गर्दै आएका बनमाला अहिले पीडाले मौन छन्। 'मुखण्डो लगाएको बेलामात्र देवता,' उनले भने, 'अघिपछि त हाम्रो आफ्नै समस्या छ।' प्रायः वाराहीको रुप धारण गर्ने उनी तीन छोरीको जीवनरक्षाका लागि सहयोगको याचना गर्छन् । 'हामीले माग्नेजति आफन्तका सहयोग मागिसक्यौं,' उनले भने, 'तर त्यतिले मात्र उपचार खर्च पुगेन।'
अस्पतालका चिकित्सक धुव्र श्रेष्ठ शिशुहरुमा तौल कमीका साथै श्वासप्रश्वासमा केही समस्या देखिएका कारण सघन उपचार कक्षमा राखिएको बताए। 'तेस्रो शिशुको अवस्था अलिकति जटिल छ त्यसैले उसलाई 'इन्क्युभेटर' मा राखेर उपचार गरिँदैछ,' उनले भने, 'पहिलो र दोस्रो शिशुको अवस्था सुधारिँदै आएको छ।'
उनले शिशुहरुको तौल १ किलो ३ सय ग्राम हाराहारी रहेको जनाउँदै तौल केही बढेपछि डिस्चार्ज गर्न सकिने बताए । 'उहाँहरुलाई अस्पतालले सक्नेजति सहुलियत दिएको छ,' उनले भने, 'त्यति गर्दा पनि दैनिक खर्च धान्न परिवार सक्षम छैन।' शिशुहरुको डिस्चार्जपछि पनि परिवारलाई सहयोगको आवश्यकता हुने उनले सुनाए। 'आमाले पोसिलो खानेकुरा खान सक्नेसमेत हैसियत रहेनछ,' उनले भने, 'यहाँ त हामीले खुवाएका छौं, डिस्चार्ज गरेपछि समस्या आउन सक्छ।' सबैको सहयोगले मात्र शिशुहरुले नयाँ जीवन पाउन सक्ने उनले सुनाए।
साभार : नागरिकन्युज
तीन छोरीहरुको जीवनरक्षाका लागि आमा नेपालीहरुसित सहयोगको अनुरोध गर्दै l
तिम्ल्याहा सन्तानकी आमा भक्तपुर क्वाठन्डौकी विष्णुमाया बनमालालाई नवजात शिशुको उपचारका लागि आर्थिक समस्या परेको छ। मजदुरी गरेर जीविका चलाउँदै आएको परिवारलाई अस्पतालको उपचार खर्च धान्न समस्या परेको हो। कम तौलका साथ जन्मेका तीन शिशुको सिद्धि स्मृति महिला तथा बाल अस्पताल, भक्तपुरको सघन उपचार कक्षमा उपचार हुँदैछ।'दैनिक १० हजार हाराहारी उपचार खर्च लाग्ने गरेको छ,' विष्णुमायाले भनिन्, 'अस्पतालको खर्च कसरी तिर्ने भन्ने चिन्ताले सताउन थालेको छ।' इँटाभट्टामा मजदुरी गर्ने श्रीमानको आम्दानीले घरखर्च धान्न धौधौ परेको अवस्थामा एकै पटक ठूलो समस्या आएको उनले बताइन्। सन्तानको चिन्ता र आर्थिक चिन्ताले एकैपटक सताएको उनले सुनाइन्।
'नानीहरुलाई दुईदुई घन्टाको फरकमा स्तनपान गराउनुपर्छ, तर घरबाट पोसिलो कुरा किन्न सक्ने अवस्था पनि छैन,' उनले भनिन्, 'मेरो बाध्यता बुझेर अस्पतालले खाना खुवाउने गरेको छ तर कसरी अस्पतालको बिल तिर्ने भन्ने पीरले सताउने गरेको छ ।'
५ वर्षअघि जन्मेकी छोरीसमेत सुस्त मनस्थितिको रहेको ३१ वर्षे विष्णुमायाले सुनाइन् । राम्रो उपचार गरेर ३ वटै छोरी बचाउन आर्थिक सहयोगको आवश्यकता रहेको उनले सुनाइन्। 'मैले मात्र बचाउन असम्भव छ,' उनले भनिन्, 'सबैको सहयोग मिले बाँच्छन् भन्ने लागेको छ।'
छोरीहरुको नाम उनले गंगा, जमूना र सरस्वती राखेको बताइन्। गंगा र जमुनाले आमाको दूध च्याप्न सके पनि सरस्वतीले भने पाइपको माध्यमबाट दूध खाँदै आएकी छन्। 'गंगा र जमुनालाई दुईदुई घन्टाको फरकमा दूध पिलाउने गरेकी छु,' उनले भनिन्, 'उनीहरुलाई सकुशल घर लैजाने आशा छ।'
विष्णुमायाका श्रीमान दिनेश भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचका सदस्य पनि हुन्। विभिन्न देवीदेवताको वेशमा नृत्य गर्दै आएका बनमाला अहिले पीडाले मौन छन्। 'मुखण्डो लगाएको बेलामात्र देवता,' उनले भने, 'अघिपछि त हाम्रो आफ्नै समस्या छ।' प्रायः वाराहीको रुप धारण गर्ने उनी तीन छोरीको जीवनरक्षाका लागि सहयोगको याचना गर्छन् । 'हामीले माग्नेजति आफन्तका सहयोग मागिसक्यौं,' उनले भने, 'तर त्यतिले मात्र उपचार खर्च पुगेन।'
अस्पतालका चिकित्सक धुव्र श्रेष्ठ शिशुहरुमा तौल कमीका साथै श्वासप्रश्वासमा केही समस्या देखिएका कारण सघन उपचार कक्षमा राखिएको बताए। 'तेस्रो शिशुको अवस्था अलिकति जटिल छ त्यसैले उसलाई 'इन्क्युभेटर' मा राखेर उपचार गरिँदैछ,' उनले भने, 'पहिलो र दोस्रो शिशुको अवस्था सुधारिँदै आएको छ।'
उनले शिशुहरुको तौल १ किलो ३ सय ग्राम हाराहारी रहेको जनाउँदै तौल केही बढेपछि डिस्चार्ज गर्न सकिने बताए । 'उहाँहरुलाई अस्पतालले सक्नेजति सहुलियत दिएको छ,' उनले भने, 'त्यति गर्दा पनि दैनिक खर्च धान्न परिवार सक्षम छैन।' शिशुहरुको डिस्चार्जपछि पनि परिवारलाई सहयोगको आवश्यकता हुने उनले सुनाए। 'आमाले पोसिलो खानेकुरा खान सक्नेसमेत हैसियत रहेनछ,' उनले भने, 'यहाँ त हामीले खुवाएका छौं, डिस्चार्ज गरेपछि समस्या आउन सक्छ।' सबैको सहयोगले मात्र शिशुहरुले नयाँ जीवन पाउन सक्ने उनले सुनाए।
साभार : नागरिकन्युज
No comments:
Post a Comment