Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, January 14, 2014

कोरियामा महिला आकर्षण l

मञ्जु गुरुङ,दक्षिण कोरिया l

महिलाका लागि महिला नामक संस्थाकी अध्यक्ष जुनु गुरुङ अन्तर्वार्तामा भन्दै थिइन्– कोरियाली नागरिकसँग विवाह गरेर आएका ९० प्रतिशत नेपाली चेली घरेलु हिंसाबाट पीडित हुने गरेका छन्। यो अन्तर्वार्ता सुनेपछि भारतबाट एक राई थरकी युवतीले ओहो विवाह गरेर कोरिया छिर्न पाइने रहेछ, कसरी विवाह गर्ने भन्ने जिज्ञासा राखिन्। अन्तर्वार्ताबाट महिलाको पीडा हैन, कोरिया छिर्नलाई विवाह एक सजिलो माध्यम भएको ती युवतीको बुझाई रह्यो।

त्यस्तै पोखराकी एक २३ वर्षीय गुरुङ थरकी युवतीले विवाहका लागि कोरियन केटा खोजिदिन कोेरियामा रहेका साथीसँग आग्रह गरिन्। उनलाई पनि लाग्यो कोरिया छिर्ने सजिलो माध्यम नै विवाह हो। यी दुई उदाहरणले कोरियाप्रतिको महिला आकर्षण छर्लङ्गै पार्छ। मासिक एक लाख रुपियाँभन्दा बढी कमाउन सकिने भएकाले महिलाहरु विवाह जस्तो पवित्र बन्धनलाई दाउमा राखेर कोरिया छिर्न चाहन्छन्। म्यारिज ब्युरोलाई आफैँ पैसा दिएर मात्र हैन कोरियनको भारी रकमबाट किनिएर भए पनि महिलाहरु कोरिया भित्रन चाहन्छन्।
सिन्धुपाल्चोककी एक शेर्पा थरकी १९ वर्षे युवतीलाई आफन्तले नै ३५ वर्षको कोरियन केटासँग विवाह गरी कोरिया पठाइदिए। केटीको विवाह गर्ने उमेर नपुगे पनि उमेर बढाएर विवाह दर्ता गरी उनी कोरिया आइपुगिन्। श्रीमानसँगै रेष्टुरेन्टमा भेटिएकी ती युवतीले भनिन्– आफूलाई मन नभए पनि आफन्तले कोरिया जस्तो विकसित देशमा यति राम्रो केटाले मन पराउनु भनेको भाग्य नै खुल्नु हो भन्दै फकाएर पठाइदिनुभयो। सुरुमा उमेरका कारण व्यवहार नमिलेर केटा मन नपरे पनि उनले धेरै माया गर्ने भएकाले अहिले आफू सन्तुष्ट भएको युवतीले स्पष्ट पारिन्। युवतीमात्र हैन अभिभावक पनि कोरियाप्रति आकर्षित भएको यो अर्को उदाहरण हो।
काठमाडौंस्थित लाजिम्पाटको म्यारिज ब्युरोकी कोरियन महिलालाई पैसा बुझाएर आफूभन्दा दोब्बर उमेरका कोरियन नागरिकसँग विवाह गरी बस्नेत थरकी युवती कोरिया आइपुगिन्। आफ्नो ब्युटी पार्लर व्यवसाय बेचेर एउटा नक्कली खुट्टा राखेको युवकसँग उनलेे राजीखुसी विवाह गरिन्। त्यसो त पारपाचुके गरिसकेकी पत्नीबाट आफूसमान छोराछोरी भएको पनि ज्ञात नभएको हैन उनलाई। कोरिया आएको २ महिनामै उनलाई मन नपरेको भन्दै छोडपत्र गरिदियो। किनकि काठमाडौंमा नै युवतीलाई मन नपराए पनि ब्युरोले जबर्जस्ती भिडाइदिएका थिए। कोेरियाप्रतिको आकर्षणले युवतीहरु यसरी पनि तानिइरहेका छन्।
हुन त कोरियाली नागरिकसँग विवाह गर्ने धेरै नेपाली चेली दुः्खी छन् भन्ने समाचार र अन्तर्वार्ता आइरहे पनि यसैगरी कोरिया भित्रने चेलीहरुमा भने कुनै कमी आएको छैन। कोरियाप्रतिको मोहमा युवतीहरु स्वयं किन्न र किनिन म्यारिज ब्युरो धाउँछन्। कोही कोरिया छिर्नमात्रै ब्युरो धाउँछन् त कोही साथीहरुको सुखद् दाम्पत्य जीवनबाट प्रभावित हँुदै पुग्छन्। त्यसो त फरक देश, संस्कृति र भाषाको कठिनाईका बावजुद पनि नेपाली चेलीको रोजाइमा कोरिया परेकै छ।
कोरियामा विवाह भिसामा आएका नेपाली चेली कति छन् वास्तविक तथ्यांक छैन। कतिले छोडपत्र गरे, कतिको घर व्यवहार राम्रो छ, कहाँ कसरी बसेका छन् भन्नेबारे कुनै अध्ययन/अनुसन्धान हुन सकेको छैन। कोरियास्थित नेपाली दूताबास पनि यस विषयमा मौन छ। अनुमानित तथ्यांक १ हजार जति सार्वजनिक गरिएको छ त्यसैलाई सबैले आधार बनाउँदै आएका छन्। वर्षमा एक दुई महिला पीडित भएका घटना सार्वजनिक भएको आधारमा मिडियाले आफँै ९० प्रतिशत पीडित हुने गरेका उल्लेख गर्ने गरेको छ।
हालै नेपालको मिडियामा पनि कोरियामा विवाह गरेका प्रायः चेली श्रीमान्बाट पीडित छन् भन्ने छाएको छ। मानव अधिकारकर्मीको प्रतिवेदनले पनि त्यस्तै भनेपछि कोरियामा सुखद् दाम्पत्य जीवन बिताइरहेकाहरु चिन्तित बनेका छन्। नेपालको सञ्चारमाध्यममा छाएको त्यो हल्लाकै कारण आफन्त र शुभचिन्तकको जिज्ञासाप्रति स्पष्टीकरण दिँदा हैरान भएको प्रतिक्रिया पनि सुन्न पाइएको छ। त्यस्तै कोरियनसँग विवाह गरेका नेपाली महिलालाई अब नेपाल फर्काउने रे भन्ने भ्रामक हल्लाले यहाँका महिला त्राही बन्न पुगेका छन्।
कुनै अध्ययन/अनुसन्धान नै नगरी मिडियामा छाउने यस्ता हल्लाले कोरियामा सुखद् दाम्पत्य जीवन बिताइरहेकाहरुलाई एकातिर मानसिक चिन्ता दिइरहेको पाइन्छ भने अर्कोतर्फ जसरी भए पनि कोरिया छिर्न चाहने महिलालाई चाहिँ कुनै असर पार्न सकेको छैन। वैवाहिक भिसामा कोरिया छिरेका कतिपय महिला विमानस्थलबाटै भाग्ने त कोही मौका पाउनसाथ भाग्ने गर्छन्। कोही भने जसोतसो पतिसँग बसेर कोरियन आइडी लिएपछि छोडपत्र गर्छन्। त्यसो त बालबच्चासहित वषर्ौंै सुखी दाम्पत्य जीवन बिताइरहेका जोडी पनि प्रशस्तै भेटिन्छ।
नेपाली मिडियामा पढ्दा लाग्छ, वैवाहिक भिसामा कोरिया आउने सबै महिला दुःखी छन् तर वास्तविकता त्यस्तो छैन। धेरै महिला सुखी छन। जसको घर व्यवहार राम्रो छ ती महिला त सुुखी हुने नै भए। जो कोरियन पति १२ घण्टा काम गर्छ अनि श्रीमतीचाहिँ स्वजातीय युवाहरुसँग मोजमस्ती गर्दै हिँड्छन् उनीहरु पनि त सुखी भए नि! तर यस्ता विकृतिप्रति भने मिडिया चूप छ। एक दुुई घटनालाई लिएर सबै नराम्रा हुन् भन्नु कहाँसम्मको न्याय हो?
त्यसो त कागजी विवाह गरी कोरिया भित्रिएका कति युवतीहरु नेपाली तथा कोरियन केटासँग विवाह गरी यतै घरजम बसाएका छन् भने कतिचाहिँ कोरियामा गैरकानुनीरूपमै बसेर भए पनि आफ्नो आर्थिक अवस्था बलियो बनाउन सफल भएका छन्। तर यस्ता मोटो रकम तिरेर कागजी विवाहबाट भित्रने प्रक्रियामा कोरियन सरकारले कडाइ गरेपछि अहिले कोरियन केटाहरु नेपालमै पुगेर म्यारिज ब्युरोमार्फत् सामान किनेझँै छानीछानी केटीहरु ल्याउने गरेको पाइन्छ। कोरियाकै म्यारिज ब्युरोलाई भारी रकम तिरेर केटाहरु नेपाल पुगेका हुन्छन् भने कोरियाप्रति मोहित युवतीहरु पैसा तिरेर कोरियन केटा खोज्दै ब्युरोमा धाएका हुन्छन्। यसरी भारी रकमको खेलसँगै एक अर्कालाई किन्ने र बेच्ने हँुदै नेपाली युवती कोरिया छिर्ने गर्छन्।
आखिर यसरी आफैँ बेचिएर विवाहको बहानामा आफैँलाई जोखिममा राखेर आउन चाहनु कोरियाप्रति महिलाको यो कस्तो मोह हो? व्यक्तिगत र सामाजिक मात्रै हैन अन्तर्राष्ट्रिय भएकाले राष्ट्रियताको सवालसमेत जोडिएको महत्वपूर्ण सम्बन्ध विवाहलाई नै माध्यम बनाएर किन्ने र बेचिने हँुदै कोरिया छिर्नु हाम्रो जस्तो गरिब मुलुकका महिलाको यो कस्तो बाध्यता हो
?

No comments:

Post a Comment