मधुजंग पाण्डे ,काठमाडौँ |
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत चौथो कोरियन भाषा र सीप परीक्षण परीक्षा उत्तीर्ण हुनेहरूलाई आगामी माघको तेस्रो साताबाट दक्षिण कोरिया पठाइने भएको छ । नेपाली कामदारको उत्कृष्ट गन्तव्य दक्षिण कोरिया जानका लागि भाषा परीक्षामा सहभागी भई उत्तीर्ण हुने उत्कृष्ट परीक्षार्थीहरूको सीप परीक्षणको रिजल्ट पनि गत १ पुसमा सार्वजनिक भइसकेको र भाषा परीक्षा उत्तीर्णमध्ये करिब ७५ प्रतिशतको नाम ईपीएसले एचआरडी कोरियामा पठाइसकेकाले माघ तेस्रो साताबाट कामदार कोरिया पठाउने तयारी भएको हो ।
ईपीएस कोरिया शाखा प्रमुख डिल्लीराम बाँस्तोलाले आगामी माघको तेस्रो साताबाट दक्षिण कोरिया कामदार पठाउने क्रम सुरु हुने बताए । उनले यस शाखाले ईपीएसको सीप परीक्षणमा सहभागी हुनेहरूको नतिजा गत १ पुसमा सार्वजनिक गरेपछि कामदार पठाउने तयारीलाई तीव्रता दिएको बताए । चौथो कोरियन भाषा परीक्षा उत्तीर्णको (लेभर कन्ट्र्याक- श्रम करार) यसै साताबाट आउने जानकारी दिँदै उनले अहिले भाषा परीक्षा उत्तीर्ण गरी रोजगार फाराम भर्नेको रोस्टर तयार भइरहेकाले छिट्टै पठाउने तयारी भएको बताए । गत अगस्टमा सम्पन्न दक्षिण कोरियाली भाषा परीक्षामा उत्कृष्ट परीक्षार्थीहरूको सीप परीक्षण गर्ने काम गत १३ मंसिरबाट सुरु भएको थियो । जसमध्ये उत्पादन र कृषि क्षेत्रबाट ३ हजार ८ सय ९६ जना सीप परीक्षणमा सहभागी भएको ईपीएस कोरिया शाखाले जनाएको छ । सो शाखाका अनुसार चौथो कोरियन भाषा परीक्षा उत्तीर्णमध्ये ७ हजार ७ सय ६८ जनाले रोजगार फाराम भरेका थिए ।
सो भाषा परीक्षामा ८ हजार ५१ जना उत्तीर्ण भएका थिए । ईपीएसले उत्तीर्ण कामदारको रोस्टर तयार भइसकेको जनाएको छ । अहिले रोस्टरमा सहभागी सबैको नाम कोरिया पुग्ने बताउँदै शाखाका प्रमुख बाँस्तोलाले भने, ‘आगामी माघको तेस्रो साताबाट धमाधम कामदार कोरिया पठाउने क्रम सुरु हुन्छ ।’ उनले एचआरडी कोरियाले सोहीअनुरूप पहिलो चरणमा कामदार छनोटको प्रक्रिया थाल्ने बताए । प्रारम्भिक छनोटका लागि यहाँ आइपुगेका कोरियन विज्ञहरूको सुझावमा अहिलेका कामदारको सीपमा अझै केही सुधार्नु राम्रो हुने भन्दै उनले उत्पादनमूलक र कृषि क्षेत्रका कोरियन विज्ञहरूले नेपाली कामदार शारीरिक रूपमा निकै सक्षम भए पनि सम्बन्धित कामको सीपमा भने केही कमजोर नै देखिएकाले अझै जानुभन्दा पहिले सीपसम्बन्धी ज्ञान दिलाउन जोड दिनुपर्ने सुझाव दिएको बताए ।
नेपाल र कोरियाबीच ईपीएस अन्तर्गत कामदार लैजान सन् २००७ मा श्रमसम्झौता भएपछि सन् २००८ देखि ईपीएस अन्तर्गत कामदार लिन भाषा परीक्षा सञ्चालन हुन थालेको हो । नेपाल र कोरिया सरकारसँग भएको सम्झौता अनुसार भाषा परीक्षामा उत्कृष्ट हुने ईपीएस प्रशिक्षार्थीको सीप परीक्षण गरी प्राथमिताका आधारमा दक्षिण कोरियाको रोजगारीमा पठाउने काम सन् २०११ बाट सुरु भएको थियो । सो परीक्षामा ६ हजार ५ सय ८६ जनाले उत्तीर्ण गरी कोरिया जान छनोट भएका थिए । यसैगरी, दोस्रो पटक सन् २०१० मा भएको भाषा परीक्षामा ४ हजार ९६ र तेस्रो पटक सन् २०११ मा १५ हजारभन्दा बढी कामदारलाई कोरियाले उत्तीर्ण गराएको थियो । सन् २०११ मा भएको भाषा परीक्षामा उत्तीर्ण भएका १० हजारभन्दा बढी कामदारमध्ये बाँकी रोस्टरमा रहने भएपछि सन् २०१३ का लागि सन् २०१२ मा कोरियाले नेपालमा भाषा परीक्षा सञ्चालन गरेको थिएन । ईपीएसका अनुसार सन् २०११ मा भएको भाषा परीक्षा उत्तीर्णमध्ये अझै ३ हजारजना रोस्टरमा बाँकी छन् । उनीहरू सबैको आगामी जुलाईदेखि रोस्टर अवधि सकिनेछ ।
उनीहरूले रोजगारीमा लैजाने ग्यारेन्टी माग गर्दै लामो समय आन्दोलनसमेत गरेका थिए । एकैपटक सन् २०१४ का लागि गत असोजमा मात्र भाषा परीक्षा सञ्चालन भएको थियो । यसपालिको सीप परीक्षणमा उत्पादनमूलक तर्फबाट २ हजार ७ सय २९ र कृषिबाट १ हजार १ सय ६७ जना सहभागी भएको ईपीएस शाखाले जनाएको छ । सन् २०१४ मा दक्षिण कोरियाका लागि नयाँ कामदार लैजान लिइएको भाषा परीक्षामा ८ हजार २ सय उत्तीर्ण भएका थिए । भाषा परीक्षामा करिब ४७ हजार ७ सय ७२ नेपाली सहभागी भएका थिए । यसअघि भएका तीनओटा परीक्षामा उत्तीर्णमध्ये साढे १८ हजारभन्दा बढी युवा रोजगारीका लागि कोरिया गइसकेको पनि ईपीएसले जनाएको छ । अहिलेसम्म वैदेशिक रोजगारीका लागि दक्षिण कोरियाको रोजगारी सबैभन्दा उत्कृष्ट रहेकाले नेपालीको आकर्षण पनि निकै रहेको छ । हाल दक्षिण कोरियामा पुगेका ईपीएस कामदारले मासिक करिब १ लाख रुपैयाँ कमाउँछन् ।
यो रकम अन्य रोजगारी गन्तव्य मुलुक मलेसिया, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई) र कुबेतभन्दा चार गुणा बढी पारिश्रमिक हो । दक्षिण कोरियामा यी मुलुकमा भन्दा कामदार सुरक्षा एवं हकअधिकारको स्थिति पनि निकै राम्रो भएको बताइएको छ । वैद्यानिक रूपमा ईपीएसमार्फत नेपाली कामदार पठाउने काम सन् २००८ बाट सुरु भएको हो ।
त्यसअघि, निजी क्षेत्रबाट पनि कामदार कोरियामा रोजगारीका लागि जाने गरेका भए पनि म्यानपावर कम्पनीले जथाभावी रकम उठाउन थालेपछि अहिले ईपीएस प्रक्रियाबाहेक कामदार कोरिया जान पाउँदैनन् । यसैगरी, पहिले कोरिया गएर गैरकानुनी रूपमा बसेर फर्केका, विभिन्न अभियोग लागेका व्यक्ति पनि त्याँहाको रोजगारीमा जान पाउँदैनन् ।
राजधानी

No comments:
Post a Comment