Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, January 1, 2014

भक्तपुरको बारेमा ६ वटा बिदेशी भाषाहरूमा ब्रोसरहरु प्रकाशित l

सुबोध, भक्तपुर l

कोरियन भाषामा पनि ब्रोसरहरु प्रकाशन गर्न भक्तपुर समाज कोरियाको अनुरोध l

भक्तपुर नगरपालिकाले भक्तपुर शहरको  अवलोकन गर्न आउने समुन्द्रपारका पर्यटकहरूको बढ्दो संख्यालाई ध्यान दिई जनवरी १ बाट अंग्रेजी भाषा सहित चिनियाँ, जापानिज, फ्रेन्च, स्पेनिस र जर्मनी ६ वटा विदेशी भाषाबाट भक्तपुरको संक्षिप्त परिचय झल्किने ब्रोसर प्रकाशन गरि बितरण शुरु गरेको छ । यसभन्दा अघि अङग्रेजी भाषाबाट मात्र ब्रोसरहरु  प्रकाशन गरी पर्यटकहरूलाई बितरण गर्दै आएको थियो । यसबाट भक्तपुर शहर भ्रमण गर्न आउने पर्यटकहरूले भक्तपुरको बारे आफ्नै भाषामा लेखिएका ब्रोसरहरु  पढ्न पाउँदा भक्तपुरलाई नजिकबाट बुझ्न पाउने भएका छन् ।

भक्तपुर नगरपालिकाले शुरुवात गरेको यो कार्य प्रशंसनिय छ l यसका साथै कोरियन पर्यटकहरूको बढ्दो आगमनलाई ध्यान दिई कोरियन भाषाबाट पनि प्रकाशनका लागि पहल गर्नुपर्ने भक्तपुर समाज दक्षिण कोरियाका अध्यक्ष तथा कोरियामा संचालित अनलाइन पत्रिका नमस्ते नेपाल कोरिया डट कमका प्रकाशक तथा सम्पादक रमेश खावाजुले बताए l उहाँले नेपालको प्राचिन ,ऐतिहासिक ,धार्मिक ,कला संस्कृतिले भरिपूर्ण भक्तपुर जिल्लामा कोरियन पर्यटकहरुको बृदि गराउन कोरियामा हुने अन्तराष्ट्रिय सांस्कृतिक कार्यक्रमहरुमा भक्तपुरको बारेमा प्रचार प्रसार गरि यस्ता गतिविधीहरूलाई पनि  तिब्रता दिने बताए l भक्तपुर समाज कोरियामा रहेका भक्तपुर जिल्लाका साथीहरु बीच आपसी सम्बन्ध विस्तार एवं सुद्द्ढ गर्दै पारस्परिक सहयोग अभिबृदी तथा आफु जन्मेको जिल्लाको बिकासमा केहि सहयोग गर्ने उदेश्यले ४ महिना अघि स्थापित संस्था हो l

भक्तपुर नगरपालिकाले १ जनवरी, २०१४ बाटै लागु हुने गरि बढेको डलरसँग नेपाली मूल्य समायोजन गर्ने क्रममा गैर सार्क मुलुकका पर्यटकहरुसँग रु.१ हजार ५ सय प्रवेश शुल्क लगाएको छ र अमेरिकी डलरमा साविककै १५ अमेरिकी डलर कायम गरेको छ ।

No comments:

Post a Comment