Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, January 31, 2014

कोरियाबाट फर्केका नेपालीले संयुक्त व्यवसाय गर्दैं l

खेम कार्की ,काठमाण्डौं ।

नेपाल योंग स्टार ग्रुप प्रालि दर्ता
दक्षिण कोरियाबाट फर्केका नेपालीहरु मिलेर संयुक्त व्यवसाय शुरु गर्न लागेका छन । दक्षिण कोरियामा रहेका तथा नेपाल फर्किएका नेपालीहरु मिलेर नेपाल योंग स्टार ग्रुप प्रा.लि. दर्ता गरी काम अघि बढाएका हुन ।
कम्पनीले आज साधारण सभाको बैंठक बसी कोरियाबाट फर्केका तथा  कोरियामा रहेका अन्य नेपालीहरुलाई समेत ग्रुपमा सहभागी गराउने निर्णय गरेको छ । आजको बैठकले यम श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय संचालक समिति समेत चयन गरेको छ । जसका अन्य संचालकहरुमा अक्कल तामाङ, खेम कार्की, उदेश श्रेष्ठ,प्रवीण करंजीत,राम तामांङ,महेश्वर कर्माचार्य,माधव श्रेष्ठ र लक्ष्मण श्रेष्ठ रहेका छन ।

कोरियामा कार्यरत तथा नेपाल फर्किएका नेपालीहरुले ग्रुपमा आवद्ध हुन तथा सहयोग गर्न चासो दिएकाले यो अभियान सफल हुने अध्यक्ष यम श्रेष्ठले बताएका छन । परोपकारी अभियानलाई निरन्तरता दिदैं योंग स्टार ग्रुप फाउन्डेशन दर्ताको तयारीमा रहेका समेत श्रेष्ठले जानकारी दिएका छन  ।
केही महिनाको अनुसन्धान र खोज पश्चात भर्खरै दर्ता भई सञ्चालन तयारीमा रहेको कम्पनीले आयात निर्यात, कृषि, पर्यटन, शिक्षा लगायतको क्षेत्रमा लगानी गर्ने बताइएको छ । ललितपुरको ग्वार्कोमा कार्यलय लिई काम शुरु गर्न लागेको कम्पनीले व्यवस्थित ढंगबाट कार्य सम्पादन गर्न बजार व्यवस्थापन,विज्ञापन,कार्यलय संचालन लगायत विभिन्न कार्यसम्पादनको लागि समिति बनाई जिम्मेवारी बाडफाड समेत गरेको  छ ।
कोरियाबाट फर्किएका नेपालीहरुले एकै विन्दुमा बाधिएर एकबद्ध भई समुधुर सम्बन्ध कायम राखी संयुक्त रुपमा कार्य गर्न लागेकोले उदाहरणीय कार्य गर्न लागेका हुन । यस बहुउदेश्यीय कम्पनीले सामुहिक लगानीमा रचनात्मक कार्य अगाडि बढाउने तयारी रहेको पनि जनाइएको छ ।

No comments:

Post a Comment