Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, January 7, 2014

कोरियामा तमू ल्होछार सम्पन्न ( फोटो फिचर सहित )

मञ्जु गुरुङ ,दक्षिण कोरिया l
कोरियामा रहेका गुरुङहरुले आफ्नो महान पर्व ल्होछारलाई आइतबार धूमधामसाथ मनाएका छन् ।
 फोटो : किम ह्योङ ह्यो 
तमूधी दक्षिण कोरियाद्वारा सउलमा आयोजित कार्यक्रममा भेला भएका सम्पूर्ण तमू तथा गैर तमूहरुले एक अर्कामा शूभकामना आदनप्रदान गर्दै खान पान र नाचगान सहित मनाए । राजदूत कमानसिंह लामाको प्रमुख आतिथ्यमा  कार्यक्रम उद्घाटन गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिसहित विशेष अतिथि श्रम सहचारी अनिल गुरुङ तथा अतिथिहरु आदिवासी जनजाति महासंघ कोरियाका अध्यक्ष भक्त शेरचन, एन. सि.सिका अध्यक्ष लोचन राई , बौद्ध परिवारका अध्याक्ष इश्वर गुरुङ र ओमेन फर ओमेनका अध्यक्ष जुनु गुरुङलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
 कार्यक्रममा अतिथिहरुलाई गुरुङ समुदायको परम्परागत फेटा गुथाएर सम्मान गरिएको थियो । साथै तमूधीा कोरियाका अध्यक्ष सुरज गुरुङले प्रतिक स्वरुप दुई वर्गका व्यक्तिलाई खादा लगाउदै सर्प वर्गको विदाई र घोडा वर्गको स्वगत गर्नुभएको थियो । कार्यक्रममा छोगेसा गुम्बाको सल्पब यङगुवनबाट तमूधीामालाई प्राप्त २० लाख वान हस्तान्तरण गरिएको थियो । साथै कार्यक्रमका विशेष सहयोगी व्यवसायीहरु , व्यवस्थापनमा सहयोगी चेलीबेटीहरु र कलाकारहरुलाई कदरपत्र सहित सल ओढाई सम्मान गरिएको थियो ।

त्यसैगरी गुरुङ राष्ट्रिय गानबाट आरम्भ गरिएको सास्कृतिक कार्यक्रममा विभिन्न आकर्षक गायन र नृत्य प्रस्तुत गरिएको थियो । रुप गुरुङ र ज्योति गुरुङको युगल नृत्य मात्र हैन पूर्णिमा, सानु र अन्जु गुरुङको एकल नृत्यले पनि दर्शकलाई पूर्ण मनोरन्जन दिलाएको थियो । त्यस्तै एञ्जल गुरुङको बाल नृत्य, प्रतापको हाास्य नृत्य सहित ट्रिनिटी व्यण्डको प्रस्तुतीले पनि सांगीतिक माहोल तातेको थियो । त्यसोत आशमारु चुरोट बोलको सामूहिक नृत्य पनि कम रोजक रहेन । कार्यक्रममा उपस्थित अतिथि , विभिन्न संघसंस्थाका प्रतिनिधि , तमू तथा गैर तमूलगायत ल्होछार कार्यक्रमलाई सफल पार्न सहयोगी सबैलाई आयोजक तमूधीा कोरिया हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।  

No comments:

Post a Comment