उत्तर कोरियाली शासक किम जोङ उङका फुपाजू चाङ सङ थेकलाई भ्रष्टाचार तथा सत्ताविप्ल आरोपमा फाँसी दिइएको छ l
कुनै बेलाका यी शक्तिशाली व्यक्ति मानिने चाङ सङ थेकलाइ पदको दुरुपयोग गरेको र राजनीतिक महत्वका लागि सरकारको विरुद्ध मोर्चाबन्दी गरेको आरोप लगाइएको थियो । डिसेम्बरको पहिलो हप्ता उनलाई सेनाको माथिल्लो पदबाट हटाइएको र उनका दुई सहयोगीलाई मृत्युदण्ड दिइएको थियो l उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएले जनाए अनुसार विहीबार सैनिक अदालतमा चाङ सङ थेले सत्ताविप्ल र भ्रष्टाचारका ७ आरोप स्वीकार गरेलगत्तै फाँसी दिइएको हो ।
दुई बर्ष अघि उत्तर कोरियामा किम जोङ ईलको मृत्युपश्चात सत्ता सम्हालेका किम जोङ उङलाई फुपाजू चाङ सङ थेकले नै राज्य व्यबस्था बुझ्न सघाएका थिए ।उनले उत्तर कोरियाको सत्तारुढ कम्युनिष्ट पार्टी र राष्ट्रिय रक्षा आयोगका उच्च पदमा रहेर काम गरेका थिए ।

No comments:
Post a Comment