Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, December 30, 2013

गजल एल्बम ‘गह’ र बुद्धि मोक्तानको गजल संग्रह "फुल्न देउ " सार्वजनिक l

नमस्ते नेपाल कोरिया संवाददाता l
प्रवासमा रहेर नेपाली गीतसंगीत र साहित्यमा क्रियाशील रहँदै आएका बुद्धि मोक्तान, अज्ञात पाल्पाली, प्रेम कौशल र आनन्द भट्टराईको गजल एल्बम ‘गह’ र बुद्धि मोक्तानको गजलसंग्रह ‘फूल्न देऊ मलाई’ सार्वजनिक गरिएको छ । राजधानीमा शनिबार एक कार्यक्रमको आयोजना गरी गजलकार ललिजन रावल, संगीतकार बुलु मुकारुङ, गजलकार रमेश सुवेदीलगायतले संयुक्त रुपमा उक्त गजलसंग्रह सार्वजनिक गरेका हुन् ।

वैदेशिक रोजगारीको सिलसिलामा विदेश(दक्षिण कोरिया ) पुगेका गह परिवारका मोक्तान, पाल्पाली, कौशल र भट्टराईका साहित्यिक सिर्जनाहरुलाई समावेश गर्दै गजल एल्बम गह प्रकाशनमा ल्याइएको हो । उक्त एल्बम गहमा प्रत्येक गजलकारको दुई÷दुई सिर्जना रहेको छ भने त्यसमा बालन्द राईले एकल संगीत दिएका छन् ।
गह एल्बमा का चार सर्जकहरु मध्ये अज्ञात पाल्पाली र प्रेम कौसल परदेशमै रहेको उल्लेख गर्दै बिदेशमा आफुले डिउटी समय बाट बचेँको समयलाई सदउपयोग गरी " फुल्न देउ मलाई " गजल सङ्ग्रह बनाउन सफल भएको कुरा सिर्जनाकार बुद्धि मोक्तानले  बताए तथापी आफुले परदेश पुगेर मात्र लेख्न थालेको चाँही नभएको पनि उल्लेख गरे । गजल एल्बम गह र फुल्न देउ मलाई गजल सङ्ग्रह को बिक्री बाट आएको रकम के गर्नु हुन्छ भनी सचारकर्मीको एक जिज्ञासामा सिर्जनाकार मोक्तानले पहिलो त नेपाली गीत संगीत बिशेषत गजलको उन्नती प्रगती र बिकासमै खर्चिने र दोश्रो दीन दुखी जो बिरामी भएर आर्थिक अभावले छट्पटाएका हुन्छन उनीहरुलाई  सहयोग गर्ने बताए ।  भर्खर मात्रै चितवन बिरेन्द्र नगर -१ कि नानु मैया तामाङ जस्को दुबै म्रिगौला काम नलाग्ने र उनकै छातीमा दुध खोजीरहेकी तीन महिनाको छोरी छिन, ति महिलालाई गह परिवारले आर्थिक सहयोग गरेको पनि बताए ।    

गह एल्बममा विमला राई, सत्यराज आचार्य, उदय सोताङ, मनिला सोताङ स्वरुप राज आचार्य ,श्रेया सोताङ राज सिग्देल र सन्ध्या राइको स्वर   रहेको छ
लोकपर्ण समारोहमा संगीतकार बुलु मुकारुङ, ललिजन रावल, परिवर्तन भट्टराई,रमेश सुबेदी ,बिपुल सिजापती ,रमेश कडेल  लगायत गजल एल्बम र गजल संग्रहमाथि टिप्पणी गर्दै सफलताको शुभकामना दिएका थिए भने शशी शर्मा मजगैयाले कार्यक्रम संचालन गरेका थिए ।

No comments:

Post a Comment