Monday, December 2, 2013

चन्द्रमामा चीनले पहिलो पटक रोभर मिशन पठायो l

 चीनले पहिलो पटक  चन्द्रमाको सतहमा रहेको खनिज र धातुका बारेमा पत्ता लगाउने उद्देश्यले  'चांग' ३’ नाम दिइएको रोभर मिशन पठाएको छ । चीनको महत्वाकांक्षी अन्तरिक्ष कार्यक्रम मानिएको यस मिशन गए राति सफलता पूवर्पक प्रक्षेपण गरिएको  बीबीसीले जनाएको छ ।

दक्षिणी क्षेत्रको जीचांग सेटेलाइट सेन्टरमा निर्मित यो मिशन ‘लंग मार्च ३ बी’ रकेटमार्फत प्रक्षेपण गरिएको जनाइएको छ । मिशन चन्द्रमाको उत्तरी गोलार्धमा मध्य डिसेम्बरमा उत्रने छ । यो चन्द्रमाको सतहमा उत्रने तेस्रो मिशन हो । यसअघि अमेरिका र पूर्व सोभियत संघले पनि यस्तै मिशन पठाइसकेका थिए । यद्यपि, यो मिशनलाई भने निकै परिष्कृत मानिएको छ ।
  

No comments:

Post a Comment