Saturday, November 30, 2013

स्मार्टफोनबाट खिचिएको कोरियाली फिल्म रिलिज हुँदै l

आउँदो डिसेम्बरमा आइफोन फोरएसबाट खिचिएको कोरियाली फिल्म 'क्याट्स एन्ड डग्स ' कोरिया तथा एसियाली शहरहरुमा रिलिज हुने भएको छ l
कोरियन फिल्म काउन्सिलको सहयोगमा निर्माण भएको यो रोमान्टिक फिल्म कोरियामा  डिसेम्बर १२ मा रिलिज हुने भएको छ l उक्त फिल्म कोरियाली निर्देशक मिन ब्योङ  लुले निर्देशन गरेका हुन् l   'क्याट्स एन्ड डग्' फिल्मलाइ हलिउडका रिपोर्टरले बिश्वमा  पहिलो पटक मोबाइल डीभाइसले खिचिएको फिल्म भनेको छ l 

'क्याट्स एन्ड डग्स' फिल्म  घरपालुवा बिरालो  भएको मानिसले कुकुर पाल्ने महिलासंग रोमान्सको कथा सित सम्बन्धित छ l जनावर सित निर्देशक मिनले गरेको काम भने यो पहिलो पटक होइन l सन् २०११मा भएको ओल्लाह स्मार्ट फोन फिल्म फेस्टिभलमा मिनले  निर्देशित 'स्ट्रे  क्याट्स' फिल्मले पुरस्कार जितेको थियो l

No comments:

Post a Comment